
लखनऊ, 19 दिसम्बर (हि.स.)। उत्तर प्रदेशमा शीतलहर एवं घने कुहिरोलाई लिएर मानिसहरूलाई सतर्क गराइँदैछ। कन्ट्रोल रूमले सचेत एपको माध्यमबाट बिहीवार-शुक्रवारबीच 12 कड़ोर 52 लाख मानिसहरूको मोबाइलमा म्यासेजको माध्यमबाट मौसमको अलर्ट पठाएको छ।
राहत आयुक्त डा. हृषिकेश भास्कर याशोदले कार्यालयस्थित कन्ट्रोल रूमबाट आम जनसाधारणलाई एसएमएसको माध्यमबाट खराब मौसमको चेताउनी पनि पठाएका छन्। यस्तो लगातार गरिँदैछ। यसको साथै कन्ट्रोल रूमबाट प्रदेशका समस्त जिल्लाहरूमा कम्बल वितरण, रैन बसेरी तथा आगो बाल्ने स्थितिको निगरानी पनि गरिँदैछ। यति मात्र नभएर आम जनमानसलाई आपत स्थितिमा 1070 मा कल आएपछि तत्कालै सहायता प्रदान गरिँदैछ।
मौसम विभागले शुक्रवार तीन दिनको बुलेटिन जारी गरेको छ जसमा प्रथम दिन प्रदेशका 50 वटा जिल्लाहरूमा रेड अलर्ड-अत्यन्त घना कुहिरो, 17 वटा जिल्लाहरूमा अरेञ्ज अलर्ट- घना कुहिरो तथा 8 वटा जिल्लाहरूमा यल्लो अलर्ट- मध्यम कुहिरो लाग्ने सम्भावना जारी गरेको छ। मौसम विभागले 40 वटा जिल्लाहरूमा शीत दिवस अलर्टको पूर्वानुमान एवं सम्भावना जारी गरेको छ। त्यसपछि राहत आयुक्तको निगरानीमा कन्ट्रोल रूमले लगातार म्यासेजको माध्यमबाट सम्बन्धित जिल्लाका जिम्मेवार अधिकारी तथा आपदा प्रबन्धनसित सम्बन्धित अन्य अधिकारीहरू अनि आम जनमानसलाी चेताउनीको अलर्ट पठाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा