विद्या भारती सिक्किमको शिक्षक प्रशिक्षण कार्यशाला सफलतापूर्वक सम्पन्न
विद्या भारती सिक्किमको शिक्षक प्रशिक्षण कार्यशाला सफलतापूर्वक सम्पन्न


गान्तोक, 19 दिसम्बर (हि.स.)। विद्या भारती सिक्किमद्वारा गत 12 दिसम्बरदेखि आयोजित आचार्य प्रशिक्षण कार्यशाला आज 19 दिसम्बरका दिन समाप्त भएको छ। दक्षिण सिक्किमको सरस्वती विद्या निकेतन मालबासेमा आयोजित समापन सत्रमा एससीईआरटी, सिक्किम सरकारका निर्देशक डा. रबिन छेत्री मुख्य अतिथि थिए।

प्रान्त प्रशिक्षण प्रमुख धितालले यो कार्यशाला अत्यन्त प्रेरणादायी, उत्साहवर्धक र प्रभावी सिद्ध भयो, जसमा शिक्षा शास्त्रीय कौशल विकासमाथि विशेष बल दिइएको विज्ञप्तिमा बताएका छन्। उनले भने, विद्या भारतीको मूल भावना अनुरुप कार्यशालामा भारतीय संस्कृति, मूल्य र राष्ट्रिय शिक्षा दर्शनलाई शिक्षण प्रक्रियामा समा​वेश गर्न जोड दिइयो। पञ्चकोषीय विकास, राष्ट्रिय शिक्षा नीति 2020, नैतिक शिक्षा, संस्कारयुक्त शिक्षा लगायत बाल केन्द्रित, क्रिया आधारित आनन्ददायी शिक्षण पद्धति जस्ता विद्या भारतीका प्रमुख संकल्पहरूलाई व्यावहारिक रूपमा सम्झाइयो ताकि शिक्षकहरूले विद्यार्थीहरूमा राष्ट्रभक्ति, चरित्र निर्माण र समग्र व्यक्तित्व विकासको भावनालाई जागृत गर्न सकियोस्।

कार्यशालामा सिक्किम र दार्जिलिङ जिल्लाका सबै सम्बद्ध विद्यालयहरूका शिक्षकहरूले उत्साहपूर्वक भाग लिएको धितालले जानकारी गराएका छन्। समापन कार्यक्रम अन्तर्गत आनन्द सभामा प्रतिभागीहरूले सिकेका प्रतिभाहरू प्रदर्शन गरेका थिए। शिक्षाको क्षेत्रमा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको यो पहल सिक्किम जस्तो सीमावर्ती क्षेत्रमा भारतीय मूल्यहरूमाथि आधारित गुणवत्तापूर्ण शिक्षालाई सुदृढ़ बनाउने दिशामा एक महत्वपूर्ण कदम बताइएको छ।

प्रशिक्षण समापन समारोहमा विद्या भारती सिक्किमका पदाधिकारीहरू र अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande