घैयाबारी ग्राम पञ्चायत तीनद्वारा तीनवटा डिस्पोजल मशीनहरु राख्ने कार्य सम्पन्न
Ghayabari


खरसाङ, 19 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाईलाई ध्यानमा राख्दै सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्ने मशीन वितरण गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट उक्त डिसपोजल मशीनहरू घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र, उषाकिरण मल्टिपर्जोस को-ओपरेटिभ सोसाइटी र रोहिणी सब सेन्टरहरूमा प्रदान गरिएका छन्।

यी तीनवटा मशीनहरुमार्फत् सेनिटेरी न्यापकिन र डाइपरहरु डिसपो गर्न सकिने छ। सरकारको निर्देशन अनुसार विभिन्न स्थानहरुमा सर सफाईको कार्य भइरहेको छ भने प्लास्टिकको प्रयोग विषयमा सचेतना फैलाउने कार्य पनि भइरहेको छ। यसै क्रममा सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्ने मशीनहरु तीनवटा स्थानहरुमा राखिएको बताइएको छ।

यी मशीनहरु वितरण कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत प्रधान सुष्मा वाईबा राई, उप प्रधान केवल राई, पञ्चायत समिति सदस्या कुसुम प्रधान, पञ्चायत सचिव लगायत अन्यहरु उपस्थित थिए।

घैयाबारी ग्राम पञ्चायतकी पञ्चायत प्रधान सुष्मा वाईबा राईले सरकारको तर्फबाट घैयाबारी ग्राम पञ्चायत तीनमा तीनवटा डिसपोजल मशीनहरु राखिएको बताएकी छन्। उनले यी मशीनहरु सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्न लगाइएको बताइन्। उनले सबैलाई सफा र स्वच्छ रहन आह्वान् गर्दै आफ्नो गाउँ सफा राखौँ भनी अनुरोध पनि गरेकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande