सहायक प्राद्यापकमाथि दुष्कर्मको आरोप, पक्राउ
Sexual harassment


गान्तोक, 19 दिसम्बर (हि.स.)। राजधानीमा सञ्चालित एक निजी विश्वविद्यालयका सहायक प्राद्यापकमाथि दुष्कर्मको आरोप लागेको छ। उक्त आरोप एक विद्यार्थीले लगाएकी छन्। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी शिक्षकलाई पक्राउ गरेको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, हिजो बुधवार एक 21 वर्षीय विद्यार्थीले राजधानीमा सञ्चालित एक निजी विश्वविद्यालयका सहायक प्राद्यापकमाथि दुष्कर्मको आरोप लगाउॅंदै सदर थानामा शिकायत दर्ता गराइन्। मूल रूपमा पश्चिम सिक्किम निवासी र हाल गान्तोकमा बस्दै आएकी पीडित विद्यार्थीले उनी दुई सामाजिक सञ्जालको माध्यमद्वारा भेट भएको जानकारी गराएकी छन्। उनी दुईबीच केही दिन कुराकानी चलेपछि शिक्षकले आफूलाई भेट्न दबाउ दिएको, तर उनले सार्वजनिक रूपमा भेट्न अस्वीकार गरेको पनि उनले उल्लेख गरेकी छन्।

शिक्षकले विश्वास दिलाएपछि पीडित विद्यार्थी उनलाई कोठामा भेट्न गएको, तर कोठा पुगेपछि शिक्षकले उनीसॅंग अभद्र व्यवहार गर्दै जबरजस्ती दुष्कर्म गरेको उनले गम्भीर आरोप लगाएकी छन्। यो घटना 6 दिसम्बर, 2025 को हो। सामाजिक कलंक, परिवारबाट समर्थनको अभाव र आफ्नो परीक्षा सम्बन्धित चिन्ताहरूका कारण यस घटनाबारे पुलिसमा शिकायत दर्ता गर्न ढिलो भएको पनि उनले शिकायतमा जनाएकी छन्।

पुलिसले 35 वर्षीय आरोपी शिक्षकलाई पक्राउ गरेको छ। आरोपी विरुद्ध भारतीय न्याय संहिताको धारा 63/64(1) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले यस घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande