
खरसाङ, 19 दिसम्बर (हि.स.)। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले 313 जना शिक्षक शिक्षिकाहरुलाई नअत्तालिन सुझाउ दिॅंदै कसैको नोकरी नजाने दाबी गरेका छन्। उनले आफू पूर्ण रुपमा 313 जना शिक्षक शिक्षिकाहरुको साथमा रहेर सहयोग गर्ने पनि बताएका छन्।
पेम्बा रिम्पोर्छेले भने, यो गोर्खा जातिमाथि आइपरेको संकट हो र म पूर्ण रुपमा शिक्षकहरुको साथमा रहेर सघाउन तयार छु। पहाडमा शिक्षा व्यवस्था र शिक्षक शिक्षिकाहरुमाथि ठूलो ग्रहण लागेको। उनले गोर्खाहरुमाथि अन्याय र अत्यचार हुँदा र समस्या आइपरेको बेला पनि गोर्खाहरु नै रमाइरहेको बताउँदै कोही सानो जीटीएको कुर्सीको लोभमा फसेको बताए।
उनले भने, यो समस्या शिक्षक शिक्षिकाहरुका साथै विद्यार्थीहरुले पनि भोगिरहेका छन्। अहिले 313 जना बाहेक पनि 36 हजार शिक्षक शिक्षिकाहरुमाथि समस्या आइपरेको छ र यी शिक्षक शिक्षिकाहरु हट्नु भनेको पहाडको शिक्षा व्यवस्था डावाडोल हुनु हो। के गोर्खाहरुलाई शिक्षा लिने अधिकार छैन? यो प्रश्न राज्य र केन्द्र सरकार दुवैलाई हो।'
हिन्दुस्थान समाचार / हनोक