इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तराई डुवर्स फ्रण्ट गठन
IGJF


प्रमुख संयोजक आयुष अधिकारी, राजेश लकडा अध्यक्ष चयन

माल बजार, 19 दिसम्बर (हि.स.)। तराई डुवर्स जन शक्ति फ्रण्ट गठन गरिएको छ। शुक्रवार माल बजारको बस स्टयाण्डमा तराई डुर्वस जन शक्ति फ्रण्टको केन्द्रिय कार्यालयको उद्घाटन गरियो। उक्त उद्घाटन समारोहमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रिय संयोजक अजय एडवर्ड्स विशेष रूपमा उपस्थित रहेका थिए।

तराई डुवर्स जन शक्ति फ्रण्ट इण्डियन गोर्खा जन शक्ति फ्रण्टको भातृ संगठन हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले तराई डुवर्स क्षेत्रका गोर्खा, आदिवासी, टोटो, राजबंशी, बिहारी, बंगाली, मारवाडी आदि समुदायहरूले झेल्दै आएका समस्याहरूलाई समाधानको मार्ग खोजी निकाल्न तराई डुवर्स जन शक्ति फ्रण्टको गठन गरेको बताएको छ।

सभामा तराई डुवर्स जन शक्ति फ्रण्टको कार्यकारी समिति पनि गठन गरियो, जसमा आयुष अधिकारीलाई प्रमुख संयोजकको पदभार सुम्पिएको छ। त्यसरी नै अध्यक्ष राजेश लकडा, उपाध्यक्ष डा. आरपी शर्मा, उपाध्यक्ष चन्दन लोहरा, महासचिव कृष्णनन्द सिंह, सचिव डा. जय प्रफुल लकडा, सहसचिव विजय छेत्री, सहसचिव जेरेट पूर्ति, कोषाध्यक्ष पप्पू गुप्तलाई चयन भएका छन्।

त्यसरी नै प्रमुख सल्लाकारहरूमा प्रकाश अधिकारी र सुजित कुजुरलाई चयन गरिएको छ। नव निर्वाचित पदाधिकारीहरूले पार्टीको भिजन अनुरुप काम गर्ने संकल्प लिएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande