व्यवसायी समितिले हिलकार्ट रोडमा चलायो फुटपाथ अतिक्रमण मुक्त अभियान
व्यवसायी समितिले हिलकार्ट रोडमा चलायो फुटपाथ अतिक्रमण मुक्त अभियान


सिलगढ़ी, 19 दिसम्बर (हि.स.)। हिलकार्ट रोडमा फुटपाथलाई अतिक्रमण मुक्त राख्नको लागि पुलिस प्रशासनसँगसँगै हिलकार्ट रोड व्यवसायी समितिे पनि सक्रिय भएको छ। शुक्रवार व्यवसायी समितिका सदस्यहरूले सड़कमा उत्रेर फुटपाथका दोकानदारहरूलाई नियमहरू पालन गर्नको लागि जागरूक गराए। फुटपाथमा राखिएका सामानहरूलाई दोकानभित्र राख्ने निर्देश दिए ताकि पैदल यात्रीहरूको आवागमन सुचारू होस्। नियम नमान्नेहरूलाई पुलिसद्वारा कानूनी कारबाही गरिने चेताउनी पनि दिइएको छ।

वास्तवमा केही दिनपूर्व ट्राफिक पुलिसको पहलमा फुटपाथमा राखिएका केही अस्थायी दोकानहरूलाई हटाइएको थियो। त्यसपछि व्यवसायीहरूले नगरनिगमसित बैठक गरी फुटपाथका दोकानहरूलाई लिएर केही नियमहरू तय गरेका थिए। शुक्रवार त्यही नियमहरूलाई लागू गराउने उद्देश्यले व्यवसायी समितिद्वारा अभियान संचालन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande