
श्रीनगर, 19 दिसम्बर (हि.स.)। पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)-का नेता इल्तिजा मुफ्तीले त्यस घटनालाई लिएर मुख्यमन्त्री नीतीश कुमारविरूद्ध प्राथमिकी दर्ता गराउने माग गर्दै एक औपचारिक सिकायत दर्ता गराए जसमा उनले एक सरकारी समारोहमा एकजना मुस्लिम महिला डाक्टरले मुहारमा लगाएकी मुखौटोलाी तानेका थिए।
सिकायतमा इल्तिजा मुफ्तीले यस कृत्यलाई व्यक्तिगत गरिमा, शारीरिक स्वायत्तता औ धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन बताउँदै तर्क दिए, यो घटना भारतीय दण्ड संहिता एवं संविधानको प्रासंगिक प्रावधानहरू अन्तर्गत अपराध हो। उनले भने, एक सार्वजनिक कार्यक्रममा गरिएको यस्तो कृत्य सम्बन्धित महिलाको लागि मात्र अपमानजक थिएन जबकि सत्ताका पदहरूमा महिला अनि अल्पसंख्यकहरूको सम्मानको बारेमा गहिरो समस्या उत्पन्न गर्ने सन्देश पनि थियो।
यस घटनालाई अधिकारको दुरुपयोग बताउँदै पीडीपी नेताले कानून-प्रवर्तन एजेन्सीहरूसित कुनै प्रकारको पूर्वाग्रह बिनै कार्य गर्ने अनि कानूनको शआसनलाई कायम राख्ने आग्रह गरे। उनले यसमाथि बल दिए, जवाफदेही सबै मानिसहरूमाथि समान रूपमा लागू हुनुपर्छ चाहे सम्बन्धित व्यक्तिको राजनीतिक स्थिति जे नै भए पनि। उनले भने, यस प्रकरणलाई भीडियोमा कैद गरियो र सोशल मीडियामा व्यापक रूपमा प्रसारित गरियो जसबाट देशभरि नै आक्रोश फैलियो। विपक्षी दलहरू तथा नागरिक समूहहरूले यसको निन्दा गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा