युवा भारतीकाण्डः मेसीको कार्यक्रममा भएको तोड़फोड़ मामिलामा थप तीन आरोपी पक्राउ
युवा भारतीकाण्डः मेसीको कार्यक्रममा भएको तोड़फोड़ मामिलामा थप तीन आरोपी पक्राउ


कोलकाता, 19 दिसम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी काेलकाताको युवा भारती स्टेडियममा अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेसीसित सम्बन्धित कार्यक्रम अवधि भएको तोड़फोड़ मामिलामा कोलकाता पुलिसले शुक्रवार थप तीनजना मानिसहरूलाई पक्राउ गरेको छ। यस पक्राउबाट यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या आठ पुगेको छ।

पुलिस अनुसार यसपूर्व कार्यक्रमका मुख्य आयोजक शतद्रु दत्तालाई पनि गत 13 दिसम्बरमा घटना घटेको दिन नै पक्राउ गरिएको थियो। शुक्रवार पक्रा पर्ने तीनैजना आरोपीहरूलाई तल्लो अदालतमा पेश गरियो। सरकारी वकिलले उनको पुलिस हिरासतको माग गरेका छन्।

अर्कोतिर जाँचको सिलसिलामा कोलकाता पुलिसको विशेष जाँच टीम हुगली जिल्लाको रिषड़ास्थित शतद्रु दत्ताको आवासमा पुग्यो। टीमले त्यहाँ उपस्थित घरेलु सहायकसित जाँचबुझ गर्नको साथै घरको खानतलासी पनि लियो। तथापि पुलिसले त्यहाँबाट कुनै वस्तुलाई जफत गरेको सूचना प्राप्त भएको छैन। जाँच टीमले मीडियासित बातचित गर्न अस्वीकार गर्दै भन्यो, मामिलाको जाँच गरिँदैछ, त्यसैले अहिलेघरि केही भन्न सम्भव हुनेछैन।

सूत्र मुताविक यस सम्पूर्ण मामिलामा भारी वित्तीय अनियमितताहरूको आशंकालाई अस्वीकार गर्न सकिँदन। विशेष गरी कार्यक्रमका टिकटहरूको अत्यधिक मूल्यलाई लिएर जाँच एजेन्सीहरूको ध्यान यस दिशामा केन्द्रित भएको छ। यदि वित्तीय गड़बड़ी भएको पुख्ता प्रमाण भए प्रवर्तन निदेशालयद्वारा मामिलाको जाँचलाई आफ्नो हातमा लिने सम्भावना व्यक्त गरिँदैछ, किनभने धन शोधन निवारण अधिनियम अन्तर्गत एजेन्सीलाई स्वतः संज्ञान लिने अधिकार छ।

यसैबीच गए बिहीवार राज्यका प्रधान सचिव खेल राजेश कुमार सिन्हा, पुलिस महानिदेशक राजीव कुमार औ विधाननगरका पुलिस आयुक्त मुकेश कुमारले युवा भारती स्टेडियममा भएको अव्यवस्था तथा तोड़फोड़लाई लिएर जारी नोटिसमाथि आ-आफ्नो रिपोर्ट राज्य सरकारलाई सुम्पिइएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande