तलाउबमा शव भेटिनाले व्यापक खैलाबैला
तलाउबमा शव भेटिनाले व्यापक खैलाबैला


मेदिनीपुर, 19 दिसम्बर (हि.स.)। केशियाड़ी थाना क्षेत्रको सान्तड़ापुर अन्तर्गत नेगुसबनिया क्षेत्रमा शुक्रवार बिहान सड़क किनारमा अवस्थित एउटा तलाउमा एकजना व्यक्तिको मृत शरीर भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान झाड़ेश्वर सिंहको रूपमा भएको छ जो केशियाड़ी थाना अन्तर्गत सिंगाई ग्रामका निवासी रहेको बताइएको छ।

स्थानीय मानिसहरू अनुसार प्रातः भ्रमणमा हिँड़ेका मानिसहरूको नजर तलाउमा पुग्यो जहाँ एकजना व्यक्ति अचेत अवस्थामा लड़िरहेको थियो। आशंका लागेपछि तत्कालै घटनाको सूचना केशियाड़ी थानामा दिइयो। सूचना पाएर पुलिस दल घटनास्थलमा पुग्यो अनि उक्त व्यक्तिलाई तलाउबाट बाहिर निकालेर केशियाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले परीक्षण गरेपछि उसलाई मृत घोषित गरिदिए।

पुलिस एवं स्थानीय सूत्रबाट प्राप्त जानकारी अनुसार झाड़ेश्वर सिंह गए बिहीवार रातीदेखि नै बेपत्ता भएका थिए। शवको पहिचान भएपछि पुलिसले परिवारलाई सूचना दियो। मृत्युको कारणलाई लिएर स्थिति स्पष्ट हुन सकेको छैन।

पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ ताकि मृत्युको वास्वतिक कारण पत्तो लगाउन सकियोस्। यस घटनालाई लिएर केशियारी क्षेत्रमा प्रातःकालदेखि नै खैलाबैला व्याप्त भएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande