
कोलकाता, 19 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा चलिरहेको विशेष गहन पुनरीक्षण (एसआईआर)- सामु आएको आँकड़ाले चुनावी प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठाएको छ। गत 16 दिसम्बरमा जारी ड्राफ्ट मतदाता सूचीमा नयाँ मतदाताहरूको नामलाई जोड़्नको लागि आएका आवेदनहरूको संख्या पछिल्लो सूचीबाट हटाइएका मतदाताहरूको तुलनामा धेरै कम छ।
मुख्य निर्वाचन अधिकारी कार्यालयसित सम्बन्धित सूत्र मुताविक पहिलो चरणमा नयाँ मतदाताहरूको पञ्जीकरणको लागि मोठ 3 लाख 24 हजार 8 सय आवेदन प्राप्तभएको छ। यसको तुलनामा अक्टोबर, 2025-मा पछिल्लो मतदाता सूचीमा 58 लाख 20 हजार 8 सय 99 नाम हटाइएको छ। यो अन्तरलाई धेरै ठूलो मानिएको छ।
सूत्रको भनाइ छ, नयाँ पञ्जीकरणको आवेदन ती 30 लाख 59 हजार 2 सय 73 अनम्याप्ड मतदाताहरूको संख्या अगाड़ि पनि नगन्य हो जसको 2002-को मतदाता सूचीसित कुनै सोझो सम्बन्ध नरहेको पाइएको छ। वर्ष 2002-मै राज्यमा अन्तिम पटक यस किसिमको विशेष गहन पुनरीक्षण भएको थियो। यी मतदाताहरूको नाम न त स्व-म्यापिंगबाट न सन्तान-म्यापिंगसित जोड़िएको पाइएको छ।
नयाँ पञ्जीकरणको लागि भरेको फरम-6 मा 18 वर्ष पुगिसक्का नयाँ मतदाताहरू सामेल छन् साथै ती मानिसहरू पनि जसले आफ्नो मतदाता क्षेत्र परिवर्तनको लागि आवेदन गरेका छन्। तथापि मुख्य निर्वाचन अधिकारी कार्यालयका अधिकारीहरूको मान्यता छ, आगामी दिनमा यो संख्या बढ़्नसक्छ, किनभने फारम-6 जमा गर्नको लागि हाल पर्याप्त समय बचेको छ।
भनिन्छ, अन्तिम मतदाता सूची 14 फरवरीमा जारी गरिनेछ। यसको साथै गत 4 नोभेम्बरदेखि शुरू भएको विशेष गहन पुनरीक्षण अभियान समाप्त हुनेछ। त्यसपछि निर्वाचन आयोगले राज्यमा हुने महत्वपूर्ण विधानसभा चुनाउको मिति घोषणा गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा