हात्तीहरूको आतङ्कसित जुझिरहेको क्षेत्रलाई नसोलर स्ट्रीट लाइटको उपहार
हात्तीहरूको आतङ्कसित जुझिरहेको क्षेत्रलाई नसोलर स्ट्रीट लाइटको उपहार


सिलगढ़ी, 19 दिसम्बर (हि. स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ी ब्लक अन्तर्गत टुकरियाझाड़ जंगल संलग्न क्षेत्रमा प्रायजसो नै हात्तीहरूको उपद्रव देखिन्छ। त्यसैले रातीको अँध्यारो ग्रामीणहरूको लागि ठूलो समस्या भएको थियो। यसै समस्यालाई ध्यानमा राखेर ग्रामीणहरूले 'आमादेर पाड़ा, आमादेर समाधान' परियोजना अन्तर्गत स्ट्रीट लाइट जड़ान गर्ने माग गरेका थिए। ग्रामीणहरूको उक्त मागमाथि तत्काल कारबाही गर्दै गगारूजोत क्षेत्रमा सोलर स्ट्रीट लाइट जड़ान गरिएको छ। शुक्रवार दिलसारामजोत क्षेत्रमा दश वटा सोलर स्ट्रीट लाइटको उद्घाटन राजनीगञ्ज-पानीशाली ग्राम पञ्चायतकी प्रधान सन्तना सिंहले गरिन्।

यस परियोजना अन्तर्गत लगभग 3 लाख 13 हजार रुपियाँको लागतमा हात्तीहरूले उपद्रव गर्ने क्षेत्रहरूमा दश वटा सोलर स्ट्रीट लाइट जड़ान गरिएको छ। ग्राम पञ्चायत प्रधान सन्तना सिंहले भनिन्, मुख्यमन्त्रीको प्रेरणाबाट ग्राम बंगला विकास ज्वार लगातार बढ़िरहेको छ। 'आमादेर पाड़ा, आमादेर समाधान' परियोजनाको माध्यमबाट विकास कार्य गरिँदैछ। हात्तीहरूको आतंकबाट प्रभावित क्षेत्रमा स्ट्रीट सोलर लाइट जड़ान गरिएको छ जसबाट मानिसहरूले राती धेरै राहत पाउनेछन्। अर्कोतिर सोलर लाइट पाएपछि स्थानीय मानिसहरू धेरै खुशी भएका छन्। उनीहरूले पञ्चायत प्रशासनप्रति आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande