जिंउँदो हुँदाहुँदै ‘मृत’ बताइएका दुई मतदाताहरूको घरमा पुगे तृणमूल युवा कंग्रेसका राज्य महासचिव
जिंउँदो हुँदाहुँदै ‘मृत’ बताइएका दुई मतदाताहरूको घरमा पुगे तृणमूल युवा कंग्रेसका राज्य महासचिव


कुचबिहार, 19 दिसम्बर (हि. स.)। मतदाता सूची जारी हुनसाथ माथाभांगा–2 ब्लकको पारडुबी ग्राम पञ्चायत अन्तर्गत खाटेरबाड़ी क्षेत्र निवासी राहुल हुसैन र काजिमा खातूनको चेत उड़ेको छ। मतदाता सूचीमा उनीहरूको नाम मृत मतदाताहरूको सूचीमा दर्ता भएको छ जबकि दुवै जीवित छन्। यस गम्भीर मामिलालाई लिएर शुक्रवार तृणमूल युवा कंग्रेसका राज्य महासचिव कमलेश अधिकारी युवा नेतृत्वको साथमा उनीहरूको घरमा पुगे। उनीहरूले सम्बन्धित परिवारका सदस्यहरूसित भेट गरी सम्पूर्ण घटनाको जानकारी लिएर हरसम्भव सहयोग गर्ने आश्वासन दिए।

मतदाता सूचीमा भएको यस्तो ठूलो प्रशासनिक चूकमाथि चिन्ता व्यक्त गर्दै कमलेश अधिकारीले भने, जीवित मतदाताहरूलाई मृत रूपमा चिन्हित गरिनाले परिवार पूर्ण रूपले चिन्तित भएको छ। यसरी प्रशासनिक लापरवाहीले लोकतान्त्रिक अधिकारहरूमाथि ठूलो प्रश्न उठाउँछ। हामी सम्बन्धित विभागको ध्यान यतातिर आकर्षित गराउँदै चाँड़ोभन्दा चाँड़ो सुधार गर्ने माग गर्नेछन्। जबसम्म समस्याको समाधान हुँदैन तृणमूल युवा कंग्रेसले सम्बन्धित परिवारलाई हरसम्भव सहयोग गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande