
कुचबिहार, 19 दिसम्बर (हि. स.)। राज्य सड़कमा दुई वटा ट्रक आपस्तमा ठोक्किएर भयानक दुर्घटना भयो जसमा दुईजना मानिसहरूको मृत्यु भयो भने दुईजना घाइते भए। यो दुर्घटना शुक्रवार बिहान माथाभांगाको अशोकबाड़ी क्षेत्रमा माथाभांगा–मयनागुड़ी 16 नम्बर राज्य सड़कमा भएको हो। यो खबर लेखुञ्जेलसम्म मृतकहरूको पहिचान हुन सकेको थिएन। घाइतेहरूमध्ये एकजनाको उपचार हाल माथाभांगा महकुमा अस्पतालमा भइरहेको छ।
सूत्र अनुसार ईँटा लादिएको एउटा ट्रक असमदेखि माथाभांगा हुँदै मयनागुड़ी तर्फ गइरहेको थियो। सोही समय अगाड़िबाट एउटा ट्रक आइरहेको थियो। अशोकबाड़ी बस स्टप निकट दुवै ट्रक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस घटनामा दुईजना मानिसहरूले ज्यान गुमाए भने दुईजना घाइते भए।
घटनापछि स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर घाइतेहरूलाई माथाभांगा महकुमा अस्पतालमा पुऱ्याए। केही क्षणपछि दमकल र पुलिस पनि घटनास्थलमा आइपुग्यो। कड़ा परिश्रम पश्चात ट्रकहरूबाट शवहरूलाई बाहिर निकालियो।
स्थानीय मानिसहरूको भनाइ छ, बिहान घना कुहिरोको कारणले दृश्यता कम थियो जसले गर्दा यो दुर्घटना भएको हो। पुलिसले दुवै क्षतिग्रस्त ट्रकलाई थानामा लगेर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा