
हुगली, 19 दिसम्बर (हि. स.)। बिधाननगर पुलिसले युवा भारती क्रीड़ांगनमा भएको तोड़फोड़को आरोपमा थप तीनजना मानिसहरूलाई पक्राउ गरेको छ। पछिल्लो शनिवार लियोनेल मेसीको दौड़ाह अवधि युवा भारती क्रीड़ांगन युद्धको मैदानमा परिणत भएको थियो। मानिसहरूले कुर्सी, गोलपोस्ट भत्काएर ठूलो बबाल गरेका थिए। घटनापछि तोड़फोड़ गरेको आरोपमा दुई चरणमा छःजना मानिसहरूलाई पक्राउ गरिएको थियो। अब युवा भारतीमा भएको तोड़फोड़ मामिलामा पक्रा पर्ने मानिसहरूको संख्या नौ पुगेको छ।
पुलिसले शुक्रवार मेसीको कार्यक्रमका मुख्य आयोजक शतद्रु दत्ताको घरमा पनि छापा माऱ्यो। जानकारी अनुसार युवा भारतीका अलग-अलग तस्वीर तथा भीडियो फुटेजहरूको जाँच गरेपछि यी तीनैजनालाई पक्राउ गरियो। पक्रा पर्नेहरूमा राजू दास उपनाम गोपाल दास, सौम्यदीप दास उपनाम पप्पू औ तन्मय दे उपनाम दुष्टु सामेल छन्। बिधाननगर पुलिस सूत्र मुताविक यी तीनैजनालाई लेकटाउन लेकटाउन र नागरबजारबाट पक्राउ गरिएको हो। पुलिसले आशा व्यक्त गरेको छ, यी आरोपीहरूसित जाँचबुझ गरेपछि युवा भारतीमा भएको तोड़फोड़को बारेमा धेरै जानकारी हासिल हुनेछ।
यस अतिरिक्त पुलिसले शुक्रवार शतद्रुको रिषड़ास्थित घरको खानतलासी लियो। बिधाननगर दक्षिण थानाकी एकजना महिला पुलिस अफिसर सहित पाँचजना अफिसरहरू रिषड़ा थानाको पुलिससित शतद्रुको घरमा पुगिन्। तर घरमा नोकर्नी बाहेक अन्य कोही थिएन। अधिकारीहरूले उसित बातचित गर्नका साथै भव्य घरका कोठाहरूको जाँच गरे। जाँचकर्ताहरूले शंका व्यक्त गरेका छन्, मेसीको शोमा ब्ल्याक मनी प्रोग भयो होला। तथापि अहिलेसम्ममा शतद्रुको कुनै सम्पत्ति जफत गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा