पद्मश्री सम्मानित, ओलम्पियन र अर्जुन पुरस्कार विजेता चार्ल्स बोर्रोमियोलाई बर्नपुर क्लबमा भव्य स्वागत
पद्मश्री सम्मानित, ओलम्पियन र अर्जुन पुरस्कार विजेता चार्ल्स बोर्रोमियोलाई बर्नपुर क्लबमा भव्य स्वागत


आसनसोल, 21 दिसम्बर (हि. स.)। इस्को स्टील प्लान्ट (आइएसपी) बर्नपुर क्लबमा गए शनिवार राती एक भव्य कार्यक्रम आयोजना गरियो जुन प्रेणा, गौरव तथा राष्ट्रप्रति समर्पित रह्यो। बर्नपुर क्लबको सामाजिक सन्ध्या कार्यक्रममा पद्मश्री सम्मानित, ओलम्पिन तथा अर्जुन पुरस्कार विजेता चार्ल्स बोर्रोमियोको मुख्य अतिथिको रूपमा आगमन भयो जुन सबै आइएसपीएनका लागि अत्यन्त गौरवको क्षण थियो। इस्को स्टील प्लान्ट अफिसर्स एसोसिएशनका अध्यक्ष एवं बर्नपुर क्लबका सचिव सुशिल कुमार सुमनले चार्ल्स बोर्रोमियोलाई सम्मानित गरे।

चार्ल्स बोर्रोमियो भारतीय एथलेटिक्सका ती चमकिला नक्षहरूमध्ये एक हुन जसका उपलब्धिहरूले समयभन्दा परसम्म पुगेर प्रेरणा दिन्छ। 1982 सालको एशियाली खेल (दिल्ली)- मा 800 मीटर दौड़मा 1:46.81 सेकेण्डको रेकर्ड समयसितै स्वर्ण पदक हत्याएर उनले भारतको सुनाम फैलाएका थिए। यसै ऐतिहासिक उपलब्धिको लागि उनलाई 1982 सालमा अर्जुन पुरस्कारद्वारा सम्मानित गरिएको थियो। त्यसपछि उनले 1984 सालमा लस एन्जेलिस ओलमम्पिकमा भारतको प्रतिनिधित्व गरे जुन कुनै पनि खेलाड़ीको लागि सर्वोच्च मञ्च हो।

शीर्ष स्तरमा उनको प्रतिस्पर्धी करियर अपेक्षाकृत संक्षिप्त रहे पनि उनको योगदानको प्रभाव व्यापक तथा दीर्घकालीक रहिआएको छ। भारतीय खेलहरूको लागि उनको सेवालाई देखेर 1984 सालमा भारत सरकारले उनलाई पद्मश्रीले अलंकृत गऱ्यो। यो सम्मान उनको उपलब्धि तथा चरित्र दुवैको प्रमाण हो।

खेलबाट सन्यास लिएपछि पनि उनले देशको सेवा गर्न छोड़ेनन्। स्पेशल ओलम्पिक भारतको नेशनल स्पोर्ट्स डाइरेक्टरको रूपमा उनले समावेशी खेल संस्कृतिलाई सशक्त बनाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande