
खरसाङ, 21 दिसम्बर (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत वार्ड नम्बर 4 मा रहेको छोई धिम एकाडेमी प्री-नर्सरीमा सचेतनामूलक कार्यक्रमकाे आयोजना गरिएको छ। वर्तमानमा नानीहरूलाई पढाउने तरिका बद्लिएको र नयाँ तरिकाले कसरी पढाउने भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो।
यस कार्यक्रममा विशेष रूपमा सभासद श्याम शेर्पा, डा. आमसु प्रधान, प्रोफेसर प्रज्वल प्रधान, गोर्खा भूतपूर्व सैनिक कल्याण समिति, स्थानीय स्वनिर्भर दलहरु, भूतपूर्व कप्तान अमृत प्रधान, भूतपूर्व कप्तान अजय तामाङ ,सुबेदार मेजर पवन राई आदि उपस्थित थिए।
एकेडेमीको निर्देशक पुनम तामाङले यस एकेडेमीकाे उद्देश्य, सञ्चालन कसरी हुँदैछ र अब ठण्डा महिनामा शिक्षक शिक्षिकाहरुलाई ट्रेनिङ्ग गराउने योजना पनि रहेको बताइन्। कार्यक्रममा अतिथिहरुले यस स्कूललाई आ-आफ्नो क्षमता अनुसार सहयोग गर्ने आश्वासन दिएको पनि जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक