बजरंग दल र विहिपको आक्रोश प्रदर्शन, बंगलादेशी कट्टरपन्थीहरूको पुतला दहन
बजरंग दल र विहिपको आक्रोश प्रदर्शन, बंगलादेशी कट्टरपन्थीहरूको पुतला दहन


कटिहार, 21 दिसम्बर: बंगलादेशमा हिन्दुहरूमाथि भइरहेको सुनियोजित हमला औ दिपु चन्द्र दासको नृशंस हत्याको विरोधमा विश्व हिन्दू परिषद (विहिप) र बजरंग दलका कार्यकर्ताहरूले आइतवार आक्रोश प्रदर्शन गरे। कार्यकर्ताहरूले बजरंग दलको कार्यालयदेखि एउटा विराट आक्रोश ऱ्याली पनि निकाले जुन शहरको मुख्य मार्ग हुँदै शहीद चौकसम्म पुगेर समापन भयो। यहाँ कार्यकर्ताहरूले बंगलादेशी कट्टरपन्थी तथा जिहादी मानसिकताको पुतला दहन गरी आफ्नो चर्को विरोध दर्ता गराए।

प्रदर्शनलाई सम्बोधन गर्दै प्रान्त सुरक्षा प्रमुख अनिश सिंह तथा जिल्ला संयोजक राणा सोनीले भने, बंगलादेशमा हिन्दुहरूमाथि भइरहेको घटना मानवताको निम्ति कलंक हो। दिपु चन्द्र दाससित भएको क्रुरताले सारा दुनियाँलाई झक्झकाइदिएको छ, तर विडम्बना के छ भने वैश्विक मानवाधिकार संगठन तथा आफूलाई 'लिबरल' भन्न चाहने मानिसहरू यसमाथि मौन छन्।

पूर्व विभाग संयोजक पवन पोद्दारले चर्को शब्दहरूमा भने, फिलिस्तीन र दुनियाँको अर्को कुनाको लागि आँशु बगाउने मानिसहरूले आज दिपु दासको चित्कारलाई किन सुनिरहेका छैनन्? के मानवाधिकारहरूको परिभाषा धर्म हेरेर बदलिन्छ? ज्यान गुमाउने हिन्दू भएपछि सारा दुनियाँ लाटो-बहिरो किन हुन्छ?

बजरंग दलका प्रमुख मांगहरूमा भारत सरकारले अन्तर्राष्ट्रिय मञ्चमा बंगलादेशी हिन्दुहरूको सुरक्षाको मुद्दालाई कड़ाईपूर्वक उठाओस्, बंगलादेश सरकारले दोषीहरूलाई चिन्हित गरी उनीहरूलाई मृत्युदण्ड देओस् तथा अन्तर्राष्ट्रिय समुदायले हिन्दुहरूप्रति आफ्नो दोहोरो मानदण्डलाई त्यागुन् जस्ता मागहरू सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande