बर्दवानमा बिहार नम्बर भएका बाइकहरूलाई लिएर राजनीतिक बबाल, तृणमूलको प्रदर्शन
बर्दवानमा बिहार नम्बर भएका बाइकहरूलाई लिएर राजनीतिक बबाल, तृणमूलको प्रदर्शन


बर्दवान, 21 दिसम्बर (हि. स.)। बर्दवानमा बिहार नम्बर प्लेट भएका पुराना बाइकहरूको ठूलो संख्या आइरहेकोमा गए शनिवार अपरान्ह राजनीतिक विवाद उत्पन्न भयो। आरोप छ, बिहारको राजेन्द्रनगरबाट आएका लगभग 55 वटा पुरानो मोटरसाइकल जसमा बिहारको रजिस्ट्रेशन नम्बर छ,-लाई बर्वदानस्थित भाजपा जिल्ला कार्यालयको ठेगानामा पठाइयो। यस घटनाको विरोधमा तृणमूल कंग्रेस (टीएमसी)- का कार्यकर्ता औ समर्थकहरू बर्दवान रेलवे स्टेशनको ईस्टर्न रेलवे पार्सल कार्यालय सामु धरना प्रदर्शनमा बसे।

तृणमूल कंग्रेसको दाबी छ, पार्टी सूत्रबाट सूचना पाएपछि कार्यकर्ताहरू पार्सल कार्यालयमा पुगे अनि माग गरे, जबसम्म यी मोटरसाइकलहरूसित सम्बन्धित सबै जानकारी सार्वजनिक गरिँदैन तबसम्म त्यसलाई बाहिर लैजाने अनुमति नदियोस्।

प्रदर्शनकारीहरूले प्रश्न उठाए, आखिर यति धेरै संख्यामा मोटरसाइकलहरू एकसाथ बिहारदेखि पश्चिम बंंगालको एउटै ठेगानामा किन पठाइएको हो? तृणमूल नेताहरूले आशंका व्यक्त गरे, आज मोटरसाइकलहरू ल्याइँदैछ, भविष्यमा यसरी नै राज्मा अपराधीहरूलाई पनि प्रवेश गराउने चेष्टा हुनसक्छ। तृणमूलको आरोप छ, यी मोटरसाइकलहरू सुनि गुप्ता नामक व्यक्तिको नाममा बुक गरिएको थिो जसको ठेगाना भाजपा जिल्ला पार्टी कार्यालय बताइएको छ।

तृणमूल कंग्रेसले आरोप लगाए, बर्दवानका भाजपा नेता खोकन सेन पार्सल कार्यालयमा उपस्थित थिए जसले मोटरसाइकलहरूलाई बाहिर निकाल्ने व्यवस्था गरिरहेका थिए। तृणमूलको दाबी छ, उनीहरू पुग्दा-नपुग्दासम्ममा मोटर साइकलहरूलाई बाहिर लकिसकिएको थियो।

यस विरोध प्रदर्शनमा बर्दवान दक्षिण विधानसभा क्षेत्रका विधायक खोकन दास पनि उपस्थित थिए। उनले भने, “बिहारबाट यति धेरै मोटर साइकलहरू कुन उद्देश्यले ल्याइएको हो भन्ने कुरा स्पष्ट नहुञ्जेलसम्म हामी हात बाँधेर बस्नेछैनौं। चुनाउपूर्व भाजपाले बाहिरबाट बाइकको माध्यमबाट अपराधीहरूलाई ल्याएर राज्यमा अशान्ति फैलाउने चेष्टा गरिरहेको छ। यिनीहरूले यी बाइकहरूको उपयोग अपराधको लागि गरेर आफ्नो ठाउँमा फर्किनेछ।”

घटनालाई लिएर तनाउ व्याप्त भएको छ भने प्रशासनले सम्पूर्ण मामिलामाथि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande