
श्रीनगर, 21 दिसम्बर (हि.स.)। कश्मीरको सबैभन्दा कठोर 40-दिवसीय शीतकालको चरण जसलाई जिल्ला-ए-कलाँ नामले चिनिन्छ, गए शनिवार र आइतवारबीचको रातीदेखि शुरू भयो जसबाट सम्पूर्ण उपत्याकामा मौसमको स्थितिमा महत्वपूर्ण परिवर्तन आयो। चिल्ला-ए-कलाँको शुरुआत व्यापक वर्षा अनि हिमपातसितै शुरू भयो जसको फलस्वरूव विगत लामो समयदेखि जारी सुक्खा समाप्त भयो जसकारण ्कश्मीरका केही भागहरूमा घना कुहिरो, धमिलोपन तथा हावाको गुणस्तर खराब भएको थियो।
अग्ला-अग्ला हिमाली क्षेत्रहरूमा ताजा हिमपात भयो भने मैदानी क्षेत्रमा रोकिँदै वर्षा भयो जसबाट वायुमण्डलीय स्थितिमा स्पष्ट सुधार आएको छ। अधिकारीहरूले भने, ताजा वर्षाले जमा भएर बसेका प्रदूषकहरूलाई हटाउनमा मद्दत मिल्यो जसबाट दृश्यता स्पष्ट भयो भने हावाको गुणस्तरमा सुधार आएको विशेष गरी शहरी क्षेत्रहरूमा जो पछिल्लो एक सातादेखिकै कम एक्यूआई स्तरसित जुझिरहेका थिए।
मौसम विभागले आगामी 48 घण्टामा अझ वर्षा अनि हिमपात हुने अनुमान व्यक्त गरेको छ जसमा उच्च क्षेत्रहरूमा मध्यम हिमपात र सम्पूर्ण क्षेत्रमा जाड़ो काम रहने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा