
वाराणसी, 21 दिसम्बर(हि.स.)। वाराणसी कमिश्नरेट पुलिसमा काशी जोनका पुलिस उपायुक्त गौरव बंसवालले आइतवार कोडिन सिरप मामिलामा भइरहेको कारबाही बारे जानकारी गराए। उनले बताए, अहिलेसम्मको पुलिस जाँचमा सामु आएको तथ्यबाट ठूलो जानकारी हासिल भएको छ। यसमा कोडिन कफ सिरप तस्करी मामिलामा भगौड़ा शुभम जायसवालको एकजना महत्वपूर्ण सहयोगी दिवेशको बारेमा पत्तो लागेको छ।
पुलिस उपायुक्तले बताए, दिवेशको घर खोजवाँ क्षेत्रमा छ जहाँ केही दिनपूर्व ईडीले पनि खानतलासी लिसकेको छ। डीएसए फार्मा नाममा दिवेशको फर्म छ र उसले केही सहयोगी फर्म बनाउनको लागि यसै फर्मको अनुभव प्रमाण पत्रलाई प्रयोग गऱ्यो।
पुलिस उपायुक्तले पत्रकारहरूलाई बताए, कफ सिरपको तस्करी मामिलामा विशाल र बादल आर्य नामक दोकानदाररूलाई पक्राउ गरिएको छ। यी दुवैको फर्ममा पनि दिवेशको जाली अनुभव प्रमाण पत्र लगाएर लाइसेन्स बनाइएको थियो। दिवेशको डीएसए फार्माको फर्जी प्रमाण पत्रको उपयोग तीन ठाउँमा भएको छ जसको जाँच एसआईटीले गरिरहेको छ।
----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा