
आसनसोल, 21 दिसम्बर (हि. स.)। कुल्टी थाना अधिनस्थ नियामतपुर लच्छीपुर काली मन्दिर पाड़ा क्षेत्रमा डीजे बजाउनलाई लिएर भएको विवादले अन्ततः खतरनाक हिंसाको रूप लियो। छिमेकी रणजीत बाउरी र उसका साथीहरूमाथि आरोप लागेको छ, उनीहरूले पाँचु दास नामक एकजना युवकलाई निर्दयता पूर्वक कुटेर अधमरो बनाइदिएका छन्। घटनापछि क्षेत्रमा तनाउ फैलियो। गम्भीर रूपमा घाइते पाँचु दासलाई परिवारले तत्कालै आसनसोल जिल्ला अस्पतालमा पुऱ्यायो जहाँबाट डाक्टरहरूले उसलाई दुर्गापुर अस्पतालमा रेफर गरिदिए।
डाक्टरहरू अनुसार पाँचु दासको शिर पछाड़िको हड्डी भाँचिएको छ। उसको अवस्था हाल अत्यन्तै चिन्ताजनक छ। चिकित्सकहरूले प्लेट लगाएर चाँड़ै अपरेशन गराउने सल्लाह दिएका छन्।
पीड़ितकी आमाले कुल्टी थानामा लिखित सिकायत दर्ता गराएकी छन्। पीड़िताकी आमाले पुलिससित न्यायको गुहार माग्दै भनिन्, डीजे बजाउने जस्तो सामान्य कुरालाई लिएर उनको छोरामाथि ज्यानमारा हमला गरियो। उनले सबै आरोपीहरूलाई यथाशीघ्र पक्राउ गरी सजाय दिने माग गरेकी छन्।
कुल्टी थाना पुलिसले मामिला दर्ता गरी आरोपीहरूलाई पक्राउ गर्नको लागि लगातार छापामारी अभियान संचालन गरिरहेको छ।
पुलिस सूत्र मुताविक क्षेत्रमा शान्ति कायम राख्नको लागि अतिरिक्त निगरानी पनि गरिँदैछ। घटनापछि नियामतपुर लच्छीपुर क्षेत्रको माहोल तनाउपूर्ण भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा