सिलगढ़ीमा ड्रग तस्करीको पर्दाफास, चार पक्राउ
सिलगढ़ीमा ड्रग तस्करीको पर्दाफास, चार पक्राउ


सिलगढ़ी, 21 दिसम्बर (हि.स.)। स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्तिनगर थाना पुलिसले शालुगढ़ा फोर लेन फ्लाइओवर मुनि शनिवार अबेर राति अभियान चलाएर 20 किलो सादा पाउडर, 820 ग्राम ब्राउन शुगर, एसिड र लिक्विडका बोतलहरूको साथ चार जना तस्करलाई पक्राउ गऱ्यो।

पक्रा परेका तस्करहरूको नाम जलपाइगढ़ी निवासी अजीत राय (24), मालदा निवासी सईदुल शेख (48) एवं बिहार निवासी विनय कुमार (22) र तसरूद्दिन (25) रहेको छ। जफत गरिएको ड्रग्सको बजार मूल्य लगभग एक करोड़ बताइएको छ। भक्तिनगर थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande