महिला पत्रकारको उत्पीड़न मामिलामा न्यूज च्यानलका एमडीमाथि एफआईआर दर्ता
महिला पत्रकारको उत्पीड़न मामिलामा न्यूज च्यानलका एमडीमाथि एफआईआर दर्ता


कटिहार, 21 दिसम्बर (हि.स.)। कटिहार जिल्लाको नगर थाना क्षेत्रमा एकजना महिला पत्रकारले न्यूज च्यानलका प्रबन्ध निदेशक (एमडी)-माथि गम्भीर आरोप लगाउँदैै प्राथमिकी दर्ता गराएकी छन्। पीड़िता नेहा कुमारी उपनाम पूजा कुमारी (27)-ले आरोप लगाएकी छन्, केबीसी न्यूज च्यानलका एमडी ललित अग्रवालले उनलाई बलजफ्ती राजीनामा दिने चाप दिनका साथै मानसिक रूपमा प्रताड़ित गऱे।

पीड़िता अनुसार तिनी वर्ष 2023-देखि नै केबीसी न्यूज च्यानलमा कार्यरत छन्। आरोप अनुसार गत 9 दिसम्बरदेखि ललित अग्रवालले उनलाई लगातार मानसिक रूपमा प्रताड़ित गर्दैै आइरहेका थिए। गत 16 दिसम्बरमा कार्यालमा बोलाएर उनीसित धक्का-मुक्का साथै अशोभनीय व्यवहार पनि गरियो।

पीड़िताले यो पनि आरोप लगाएकी छन्, आरोपीले उनको निजी कल डिटेल र व्हाट्सएप च्याटलाई निकालेर उनको चरित्रमाथि लाञ्छना लगाए अनि बदनाम गरिदिने धम्की दिए जसबाट उनी मानसिक रूपमा भयभित भइन्।

नगर थाना पुलिसले पीड़िताको बयानको आधारमा नगर थाना काण्ड संख्या 1228/2025, धारा-75/76/351(2)(3) बीएनएस एवं 67 आईटी एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरी आवश्यक कानूनी कारबाही गर्न आरम्भ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande