घना कुहिरोमा बस दुर्घटनाग्रस्त, नौजना घाइते
घना कुहिरोमा बस दुर्घटनाग्रस्त, नौजना घाइते


मेदिनीपुर, 21 दिसम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको शालबनी थाना अन्तर्गत गोदापियासाल क्षेत्रमा आइतवार बिहान घना कुहिरोको कारणले एउटा बस दुर्घटनाग्रस्त भयो। यस घटनामा नौजना मानिसहरू गम्भीर रूपमा घाइते भए भने एकजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

सूत्र अनुसार दुर्गापुरमा कार्यक्रम समाप्त गरी झाड़ग्राम जिल्लाको नयाग्राममा जात्रा (लोक-रंगमञ्च) कार्यक्रमको लागि गइरहेको जात्रा कलाकारहरूले भरिएको बस सड़क किनारमा रूखसित ठोक्कियो। बसमा 35 जना मानिसहरू सवार थिए जसमध्ये 9 जना मानिसहरू घाइते भए यीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइँदैछ। प्रारम्भिक जाँचमा दुर्घटनाको कारण घना कुहिरो मानिएको छ। अर्कोतिर बसको ब्रेक फेल भएको हुनसक्ने आशंका पनि व्यक्त गरिँदैछ।

घटनाको सूचना पाउनसाथ शालबनी थानाको पुलिस घटनास्थलमा पुग्यो। सिभिक पुलिस र स्थानीय मानिसहरूको सहयोगमा राहत एवं बचाउ कार्य शुरू गरियो। सबै घाइतेहरूलाई एम्बुलेन्सको माध्यमबाट तत्कालै मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ।

घटनाको सिलसिलामा संस्थासित जोड़िएका अभिनेता सुकुमार मण्डलले बताए, बसमा सोनार बंगला जात्राा संस्था, कोलकाताको टीम सवार थियो। टीम नयाँग्राममा आयोजित कार्यक्रममा भाग लिन गइरहेको थियो, बाटोमा यसरी दुर्घटनाको शिकार भयो। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande