
खरसाङ, 21 दिसम्बर (हि.स.)। खरसाङको घैयाबारीमा यसपाली पनि नगदराशि फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। घैयाबारी स्पोर्टस वेलफेयर एसोसिएशनको आयोजनामा घैयाबारीमा यसपाली उक्त नगदराशि फुटबल टुर्नामेन्टको आयोजना गरिने छ।
घैयाबारीको नेताजी हाई स्कूलमा आगामी 3 जनवरीदेखि यसपाली डेढ़ लाख रुपियाँको नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुनेछ। आइतवार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएशनले आगामी 3 जनवरीदेखि नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको बताएको छ। यस फुटबल टुर्नामेन्टमा विजेतालाई एक लाख पचास हजार रुपियाँ र उप विजेतालाई एक लाख रुपियाँ नगदराशिसहित आकर्षक ट्रफि प्रदान गरिने छ।
एसोसिएशनका सचिव शंकु खवासले 16 वटा टिमलाई प्राथमिकता दिईने भएकाले सबैले समयमा नै आफ्नो टिमको पञ्जीकरण गराउन बताएका छन्। उनले 35 सय रुपियाँ प्रवेश शुल्क बुझाउनु पर्ने र यस टुर्नामेन्टको लागि खेल तालिका आगामी 28 दिसम्बरमा सार्वजनिक गरिने जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक