
दिल्ली, 21 दिसम्बर (हि.स.)। दिल्ली प्रदेश कंग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादवले दिल्लीका क्याबिनेट मन्त्री आशिष सूदका दाबीहरूको उल्लेख गर्दै भने, दिल्ली सरकारले आँकड़ाबाजी बन्द गरोस्, किनभने धरातलीय वास्तविकताले सरकारका दाबीहरूको पोल खोलिरहेको छ।
उनले भने, दाबी मुताविक दिल्लीमा 20 हजारभन्दा अधिक बेघरहरूको निम्ति सुत्ने व्यवस्था छ, तर सुत्नको लागि प्रतिव्यक्ति न्यूनतम पनि 50 वर्गफुट ठाउँ चाहिन्छ जुन दिल्ली शहरी आश्रय सुधार बोर्ड अनुसार सुत्नको लागि 4,41,198 वर्गफुट मात्र ठाउँ छ जहाँ 8823 मानिसहरूलाई मात्र अटाउन सकिन्छ। उनले भने, सरकारको आँकड़ाको जादुगरी गर्नको सट्टा दिल्लीका रैन बसेराहरूमा न्यूतम मानदण्डहरूलाई कड़ाईपूर्वक पालन गरियोस् अनि महिला सुरक्षा, स्वच्छता, भोजन औ कम्बलहरूको तत्काल व्यवस्था पनि गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा