विजेन्द्र गुप्ताले रोहिणीमा विकास कार्यहरूको गरे उद्घाटन अनि शिलान्यास
विजेन्द्र गुप्ताले रोहिणीमा विकास कार्यहरूको गरे उद्घाटन अनि शिलान्यास


नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष एवं रोहिणी विधानसभा क्षेत्रका स्थानीय विधायक विजेन्द्र गुप्ताले आइतवार रोहिमी सेक्टर-13 र सेक्टर-8 मा विभिन्न विकास कार्यहरूको उद्घाटन एवं शिलान्यास गरे। यस अवसरमा उनले भने, उद्घाटनले सार्वजनिक कार्यहरूलाई समयबद्ध ढंगमा पूरा गर्ने प्रतिबद्धतालाई दर्शाउँछ।

स्थानीय मानिसहरू एवं रेजिडेन्ट वेलफेयर एसोसिएशन (आरडब्ल्यूए)- का प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गुप्ताले भने, रोहिमीको विकास भौतिक पूर्वाधारहरूसम्म मात्र सीमित रहनेछैन जबकि यो प्रत्येक नागरिकको जीवनको गुणस्तर, सुविधा, गरिमा एवं कल्याणसित जोड़िएको छ। सुव्यवस्थित पार्क, मजबुत सड़क नेटवर्क, विश्वसनीय जल आपूर्ति तथा वरिष्ठ नागरिकहरू लागि समर्पित सामुदायिक केन्द्र एक मानवीय एवं सुविचारित शहरी वातावरणको आधारशिला हुन्छ।

विजेन्द्र गुप्ताले सेक्टर-13 मा नवशक्ति अपार्टमेन्ट, शान्ति अपार्टमेन्ट एवं सूर्य अपार्टमेन्टमा वरिष्ठ नागरिकहरूको निम्ति मनोरञ्जन केन्द्रहरू निर्माण गर्नका लागि शिलान्यास पनि गरे। यी केन्द्रहरूलाई वरिष्ठ नागरिकहरूको लागि सामाजिक सहभागिता, मनोरञ्जन, स्वास्थ्य एवं गरिमामय जीवनशैलीलाई प्रोत्साहित गर्ने समर्पित सामुदायिक स्थलको रूपमा विकसित गरिनेछ।

उनले सेक्टर-13 स्थित हिल अपार्टमेन्ट एवं केनरा अपार्टमेन्टको पछिल्लोतिर अवस्थित पार्कमा निर्मित गजेबो हटको उद्धाटन पनि गरे। यो गजेबोले पार्कमा आउने नागरिकहरू विशेष वरिष्ठ नागरिक एवं परिवारहरूको लागि विश्राम एवं आपसी सम्वादको निम्ति एक सुगम र आकर्षक स्थल प्रदान गर्दछ।

सेक्टर-8 मा आधारभूत नागरिक सुविधाहरूलाई सुदृढ़ बनाउँदै विजेन्द्र गुप्ताले पकेट एफ-18 मा दुई आरएमसी सड़कहरूको निर्माणको लागि शिलान्यास गरे। यस अतिरिक्त पकेट बी-6 मा पानीको पाइपलाइनको प्रतिस्थापन कार्यको पनि शिलान्यास गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande