निजी खनन कम्पनीमाथि अवैध बालुवा खनन गरेको आरोप, सिंचाई मन्त्रीले दिए कड़ा कारबाही गर्ने चेताउनी
निजी खनन कम्पनीमाथि अवैध बालुवा खनन गरेको आरोप, सिंचाई मन्त्रीले दिए कड़ा कारबाही गर्ने चेताउनी


आसनसोल, 21 दिसम्बर (हि. स.)। शिल्पाञ्चललाई जीवनदान दिने दामोदर नदी आफै अस्तित्वलाई बचाउने लड़ाईँ लड़िरहेको छ। राती अँध्याारोमा बाँकुड़ा एवं बर्दवान जिल्लामा विभिन्न घाटहरू खोलेर नदीको शोषण गरिँदैछ। वैध नदी घाटहरूबाट व्यापक स्तरमा अवैध रूपमा बालुवा निकावी गरिएको आरोप लागिरहेको छ। आरोप छ, सरकारी कर्मचारीहरूको एक वर्गको मिलोमतोमा यो धन्दा व्यापक रूपमा भइरहेको छ। पुलिस प्रशासनको निष्क्रियताको फाइदा उठाएर बालुवा तस्करी भइरहेको छ।

नौकामा मशिन जड़ान गरी नदीभित्र पाइप लगाइन्छ। उक्त पाइपबाट पानीसितै माटो-बालुवा आदि माथि आउँछ जुन माथि बिछ्याइएको जालीमा झर्छ। जालीबाट पानी र माटो बाहिरिन्छ बालुवा त्यहीँ बस्छ। यसलाई फिलटर्ड बालुवा भनिन्छ जुन बजारमा महँगो मूल्यमा बिक्री हुन्छ। माइन्स एण्ड मिनरल्स पोलिसी, ल्याण्ड एण्ड ल्याण्ड रेभेन्यू डिपार्टमेन्ट एक्ट औ यहाँसम्म कि सिचाई विभागको पनि स्पष्ट गाइडलाइन छ कि कुनै पनि स्थितिमा नदीबाट यसरी बालुवा निकाल्न सकिँदैन। तर नियमहरूलाई बेवास्ता गर्दै दुर्गापुरको एउटा कम्पनीले सरकारी अधिकारीहरूको सहयोगमा यसरी बालुवा निकाल्न शुरू गरेको छ। आरोप छ, यसै कम्पनीद्वारा बल्लभपुरकेॉो सरकारी घाटको टेण्डर प्राप्त गरी यहाँ पनि नियम-कानूनहरूलाई उल्लंघन गरी बालुवा खनन गरिँदैछ। बीच नदीमा जेसीबी मशिनलाई राखिएको छ। ठूल्ठूला ट्रकहरूमा बालुवा लादेर राती अँध्यारोमा परिचालन गरिँदैछ। दिनहुँ सयकड़ौं ट्रकहरू यहाँबाट बालुवा लादेर निक्लिन्छन्। तिराट र डामरा क्षेत्रको स्थितिसित त सम्पूर्ण शिल्पाञ्चल अवगत भइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande