राजनीतिक तानातानबीच खड़गपुर नगरपालिकामाथि प्रश्न, चेयरपर्सनले सम्हाले मोर्चा
राजनीतिक तानातानबीच खड़गपुर नगरपालिकामाथि प्रश्न, चेयरपर्सनले सम्हाले मोर्चा


खड़गपुर, 21 दिसम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर नगरपालिका अहिलेघरि प्रशासनिक अभावहरूभन्दा अधिक राजनीतिक आन्तरिक गुटबाजीको कारणले चर्चाको केन्द्र बन्न पुगेको छ। राज्य सरकार (गभर्नमेन्ट अफ वेस्ट बंगाल) -द्वारा खड़गपुर नगरपालिकालाई पठाइएको आधिकारिक पत्रले यस आन्तरिक तानातानलाई अझ सतहमा पुऱ्याइदिएको छ। पत्रमा नगरका बुनियादी सुविधाहरू—पेयजल, सफाई व्यवस्था औ स्ट्रीट लाइटलाई लिएर गम्भीर प्रश्न उठाइएको छ।

सरकारी पत्र अनुसार खड़गपुर शहरका कतिपय क्षेत्रहरूमा पछिल्लो एक वर्षदेखिको जलापूर्ति सन्तोषनजक भएको छैन। यसको साथै नियमित सफाई, फोहोर प्रबन्धन तथा नालीहरूको सफाईमा पनि अभाव सामु आएको छ। शहरका विभिन्न भागहरूमा स्ट्रीट लाइटको खराब स्थितिले आम नागरिकहरूको समस्यालाई बढ़ाइदिएको छ। यस्तै आरोपहरूको आधारमा नगरपालिकाको बोर्ड अफ काउन्सिलर्ससित जवाफ मागिएको छ।

यस सम्पूर्ण प्रकरणलाई लिएर राजनीतिक गल्लीहरूमा चर्चा भइरहेको छ, नगरपालिकाको आन्तरिक गुटबाजीले प्रशासनिक कार्यहरूको गतिलाई प्रभावित पारेको छ। सत्तासिन दलभित्रै व्याप्त मतभेद तथा समन्वयको अभावको प्रभाव धरातलीय कामकाजमा पर्ने कुरा गरिँदैछ।

यसबीच खड़गपुर नगरपालिकाकी चेयरपर्सन कल्याणी घोषले आइतवार बिहान सरकारी पत्र प्राप्त भएको पुष्टि गर्दै स्थिति स्पष्ट पारेकी छन्। उनले भनिन्, नगरपालिकालाई अहिलेघरि मानव संसाधनको अभावको सामना गर्न परिरहेको छ जसले गर्दा कतिपय कार्यहरूमा विलम्ब भएको छ। तथापि उनले यो पनि स्पष्ट पारिन्, जहाँ-जहाँ जल संकट छ, त्यहाँ बोरिंगको ममाध्यमबाट वैकल्पिक जल व्यवस्था गरिएको छ। पिउने पानी मैला भएको सिकायतमा उनले बताइन्, पानी ट्याङ्कीको सफाई गराइसकिएको छ भने अन्य आवश्यक सुधार कार्य पनि लगातार भइरहेको छ।

राजनीतिक आरोप-प्रत्यारोपबीच यो भी उल्लेखनीय छ, जनताको एउटा ठूलो वर्गमाद यो धारणा छ कि चेयरपर्सन कल्याणी घोषले आफ्नो कार्यकालमा नगरको हरेक क्षेत्रमा काम गर्ने प्रयास गरेकी छन्। समर्थकहरूको भनाइ छ, सीमित संसाधन तथा आन्तरिक राजनीतिक दबाव हुँदाहुँदै पनि उनले समस्याहरूको समाधान गर्नको लागि निरन्तर पहल गरेकी छन्।

चेयरपर्सनले भरोसा दिलाइन्, सबै समस्याहरूको समाधान प्राथमिकताको आधारमा गरिँदैछ र तय समय-सीमाभित्रमा स्थितिलाई सामान्य बनाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande