खरसाङमा नारी शक्तिको सांगठनिक सभा सम्पन्न
bgpm nari


खरसाङ, 21 दिसम्बर (हि.स.)। भागोप्रमो नारी शक्ति टाउन कमिटीको तत्वावधानमा खरसाङस्थित पार्टी कार्यालयमा सभा सम्पन्न भयो। सभाको अध्यक्षता नारी शक्ति केन्द्रिय समिति सांगठनिक सचिव मैया ठकुरीले गरेकी थिइन्।

सभामा विशेष रूपले नारी शक्ति महकुमा सभापति साथै खरसाङ नगरपालिका क्षेत्रको चुनाउ कोर्डिनेटर सबिता कार्की, सचिव जैतुन निशा खातुन, कार्यकारिणी सदस्य यान्कि लामा, टाउन कमिटी मूल सचिव बिरबल पाख्रीन, उपाध्यक्षद्वय संजय मुखिया, सन्तोष परी, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी नारी शक्ति सह सचिवा सरिता मुखिया २८ नम्बर समष्टि सभापति सुष्मा मुखिया र‌ सम्पूर्ण वार्डको नारी शक्तिका सदस्यहरू उपस्थित थिए।

सभाको विषय प्रत्येक वार्डमा सांगठनिक ढांचा तयार गर्नु, नारी शक्ति टाउन कमिटीमा आधिकारिक रूपमा थप सदस्यहरू र पुराना सदस्यहरूलाई पदोन्नति विषयमा जानकारी गराउनु थियो। सभालाई महकुमा नारी शक्ति सचिवा जैतुन निशा खातुन, वार्ड नम्बर 1 बाट प्रतिभा लेप्चा, वार्ड नम्बर 7 पुष्प खनाल, वार्ड नम्बर 8 सबिता मुखिया, वार्ड नम्बर 9 अन्जु प्रधान, वार्ड नम्बर 10 बन्दना थापा, 28 नम्बर समष्टि सभापति सुष्मा मुखिया, वार्ड नम्बर 11 अनु प्रधान, वार्ड नम्बर 12 यान्कि लामा, वार्ड नम्बर 17 सबिता थापा, वार्ड नम्बर 19 उर्मिला मग्राती, वार्ड नम्बर 20 सन्ध्या थापा लगायत टाउन कमिटी उपाध्यक्ष सन्तोष परी, महकुमा नारी शक्ति सभानेत्री सबिता कार्की र बिरबल पाखरीनले सम्बोधन गरेका थिए।

सभामा सर्वसम्मतिद्वारा पार्टीलाई सुदृढ बनाउन टाउन कमिटी नारी शक्तिका पदाधिकारीगणलाई आधिकारिक रूपमा नियुक्ति पत्र प्रदान गरिने साथै थप पदहरू थपिने प्रस्ताव पारित गरियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande