फतेहाबाद : नयाँ साल एवं क्रिसमसमा साइबर ठग सक्रिय, फैलाइरहेको छ खतरनाक स्क्याम
फतेहाबाद : नयाँ साल एवं क्रिसमसमा साइबर ठग सक्रिय, फैलाइरहेको छ खतरनाक स्क्याम


फतेहाबाद, 21 दिसम्बर (हि.स.)। पुलिस अधीक्षक सिद्धान्त जैनले क्रिसमस औ नववर्षलाई मध्यनजर गर्दै आम जनसाधारणलाई साइबर ठगहरूदेखि सतर्क बस्ने अपील गरेका छन्। उनको भनाइ छ, देशका कतिपय राज्यहरूमा साइबर अपराधीहरूद्वारा एक संगठित तथा खतरनाक अनलाइन स्क्याम फैलाइँदैछ जसको सोझो लक्ष्य आम नागरिक हुन्।

आइतवार एसपीले भने, साइबर ठगहरूले व्हाट्सएप र अन्य सोशल मीडिया प्लेटफर्मको माध्यमबाट ‘क्रिसमस एवं नयाँ सालको शुभकामना पठाउनको लागि यहाँ क्लिक गर्नुहोस् भनेर आकर्षक सन्देशहरू पठाइरहेका छन्। यी सन्देशहरूमा दिइएको लिंकमा क्लिक गर्नसाथ मोबाइल फोनमा एउटा एपीके फाइल डाउनलोड हुन्छ जुन हेर्दा सामानन्य एप जस्तै भए पनि वास्तवमा यो एउटा खतराक मालवेयर हुन्छ। उनले बताए, यो फाइल मोबाइलमा इन्स्टल हुनसाथ फोनको सम्पूर्ण नियन्त्रण साइबर अपराधीहरूको हातमा पुग्छ र यसैको माध्यमबाट तिनीहरूले आधार, प्यान कार्ड, निजी फोटो-भीडियो, कल डिटेल्स औ सम्पर्क सूचीसम्म पहुँच बनाउँछ। सबैभन्दा गम्भीर खतरा के छ भने अपराधीहरूलाई ब्यांकिंग जानकारी, नेट ब्यांकिंग, यूपीआई डिटेल्स र ओटीपीसम्मको जानकारी प्राप्त हुन्छ। यदि कसैले मोबाइलको नोट्स वा नोटप्याडमा यूपीआई पिन बा ब्यांक पासवर्ड सेभ गरेर राखेको छ भने त्यो पनि सहजै चोरी हुनसक्छ।

एसपीले बताए, एकपटक मोबाइलमाथि नियन्त्रण पाउनसाथ ठगहरूले ब्यांक खाताबाट पैसा निकाल्छन् अनि त्यसै मोबाइल नम्बरबाट पीड़ितको परिचितहरूलाई पनि फ्रड लिंक पठाउँछ जसबाट ठगीको जाल द्रूत गतिमा फैलिन्छ। पुलिस अधीक्षकले सल्लाह दिएका छन्, यदि कुनै व्यक्तिले गल्तीले लिंकमा क्लिक गऱ्यो भने सम्बन्धित व्यक्तिले तत्कालै मोबाइल डेटा वा वाई-फाई बन्द गरोस्, संदिग्ध एपलाई डिलीट गरोस् तथा आफ्नो ब्यांक, यूपीआई र नेट ब्यांकिंग पासवर्डलाई तत्कालै परिवर्तन गरोस्। ब्यांक एवं यूपीआई सेवा प्रदातासित सम्पर्क गरेर खातालाई अस्थायी रूपमा ब्लक गराओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande