दिल्लीमा प्रदूषण फैलाउने 386 एकाईहरूलाई सील गरियोः सिरसा
दिल्लीमा प्रदूषण फैलाउने 386 एकाईहरूलाई सील गरियोः सिरसा


नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले भने, प्रदूषण मुक्त दिल्लीको संकल्पसितै मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा सरकारले काम गरिरहेको छ। सरकारले आफ्नो कार्यकालमा अहिलेसम्ममा प्रदूषण फैलाउने 386 एकाईहरूलाई सील गरिदिएको छ।

सिरसाले आइतवार सोशल मीडिया एक्समा पोस्ट गरी बताए, भाजपा सरकारको कार्यकालमा दिल्ली नगरनिगम (एमसीडी) -का 12 वटा जोनमा निगमद्वारा 5236 फ्याक्ट्रीहरूको सर्वे गरियो जसमध्ये 430 एकाईहरूलाई जल एवं वायु प्रदूषण फैलाएकोमा दोषी पाइयो। नियमहरूको उल्लंघन गर्ने 386 एकाइहरूलाई घटनास्थलमै सील गरियो।

उनले भने, दिल्लीको हावासित खेलवाड़ गर्नेहरूलाई छोड़िनेछैन, त्यसैले लगातार गहन निगरानी गरिँदैछ। उनले मानिसहरूसित अपील गर्दै भने, यदि उनीहरूको वरपर रहेका फ्याक्ट्रीहरूले नियमविरूद्ध प्रदूषण फैलाइरहेका छन् भने ग्रीन दिल्ली एपमा यसको जानकारी दिउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande