
खरसाङ, 21 दिसम्बर (हि.स.)। खरसाङको रोहिणी एथलेटिक्स एसोसिएशनका रनरहरुले कोलकातामा आयोजित टाटा स्टिल वर्ल्ड 25 किलोमिटरमा सहभागिता जनाएका छन्। एसोसिएशनको तर्फबाट जम्मा 13 जनाले सहभागिता जनाएको बताइएको छ। यसमा 5 जनाले 25 किलोमिटर र 8 जनाले 10 किलोमिटरको दौडमा भाग लिएका थिए।
10 किलोमिटरको दौडमा प्रकाश तामाङले 45 मिनटमा आफ्नो दौड पूरा गर्दै छैंटौं स्थान प्राप्त गरेका छन्। त्यसरी नै अन्य धावकहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम 50 मा स्थान बनाउन सक्षम बनेको सचिन राईले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक