
प्रयागराज, 21 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा बारा थाना क्षेत्रको एक गाउँमा शनिवार अबेर राति छोराले पिताको लौरेले कुटेरै हत्या गऱ्यो। सूचना पाएऱ पुगेको थाना पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएर घटनाको जाँच शुरू गरेको छ।
पुलिस उपायुक्त यमुनानगर विवेक चन्द्र यादवले बताए, थाना क्षेत्रको पण्डितको पूरा गाउँ निवासी राम बहादुर (68) को शनिवार अबेर साझँ छोरा रामबाबूसित पशुहरूको चारो हाल्नका लागि विवाद भयो। विवादबीच छोरा रामबाबूले घरमा राखेको लौरोले पिताको टाउकोमा प्रहार गऱ्यो। लौरोको प्रहारले बुजुर्ग पिता गम्भीर रूपमा घाइते भए। घाइते अवस्थामा उनलाई उपचारको निम्ति एक निजी अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। यसको सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर आरोपी छोरा रामबाबू विरूद्ध मुद्दा दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी