
हरिद्वार, 21 दिसम्बर (हि.स.)। नोकरी दिलाउने प्रलोभन देखाएर 6 जनाभन्दा अधिक मानिसहरूबाट लगभग 34 लाख रुपियाँ धोकाधड़ी गरेको ममिला प्रकाशमा आएको छ। ठगीको शिकार मानिसहरूले एकजना सिपाही परिचित भएको कारणले विश्वास गरेका थिए। अब सिपाहीले युवती सहित दुईजना आरोपीहरूविरूद्ध मुद्दा दर्ता गराएका छन्।
मंगलौर क्षेत्रको हरचन्दपुर निवासी नितिन कुमारले कोतवाली सिभिल लाइन्स रुड़की पुलिसलाई दिएको सिकायतमा बताए, उनी उत्तराखण्ड पुलिसमा कार्यरत् छन्। उनको साथी अमित सैनीको माध्यमबाट वर्ष 2022-मा उनको भेट विनय सैनी निवासी इस्माइलपुर, सुल्तानपुर, लक्सरसित भएको थियो। विनय सैनीसित उसको लेन-देन हुन्थ्यो। विनय सैनीसित प्रायजसो नै विनीका सैनी नामक महिला पनि हुन्थी। विनयले बताएको थियो, विनीता सैनी उसको मंगेतर हो र रूड़कीमा उसको प्लेसमेन्ट सेन्टर छ। उसले बेरोजगारहरूलाई रोजगार दिलाउने कार्य गर्छे। आफूलाई विश्वास लागेपछि नितिनले आफ्ना परिचित साथै आफन्तहरूलाई नोकरीमा लगाउनको लागि यिनीहरूसित भेट गराए। सिकायत अनुसार विनय र विनीकाले सञ्जय शर्मा एवं हिमांशु शर्मा उपनाम सागर, निवासी 85 इन्दिरा गान्धी मार्ग निरञ्जनपुर देहरादूनबाट 5 लाख रुपियाँ, सन्दीप कुमारबाट 8.46 लाख रुपियाँ, पारुल निवासी राजीव नगर डोईवाला देहरादूनबाट 9 लाख रुपियाँ, नन्दनी शर्माबाट 9 लाख रुपियाँ, प्रदीप कुमार निवासी मनोहरा तीतरों सहारनपुर उत्तर प्रदेशबाट 2 लाख रुपियाँ नोकरी दिलाउने नाममा लिएका थिए। आरोप छ, यी दुईले यिनीहरूलाई आईआईटी रूड़कीमा बोलाएर इन्टरभ्यु पनि लिेए। यिनीहरूलाई जोइनिंग लेटर पनि दिइयो। तर पछि यी सबै जाली रहेको पत्तो लाग्यो। पैसा फर्काउने माग गर्दा यिनीहरूले आनाकानी गर्न थाले। पुलिसले सिपाही नितिनको रिपोर्टमा दुवैविरूद्ध मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा