अण्डर-12 टी-20 क्रिकेट टुर्नामेन्टको आयोजन
अण्डर-12 टी-20 क्रिकेट टुर्नामेन्टको आयोजन


सिलगढ़ी, 21 दिसम्बर (हि. स.)। सुकान्त स्पोर्टिंग क्लबद्वारा दश दिवसीय अण्डर-12 टी-20 नकआउट क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको छ। यस टुर्नामेन्टमा उत्तर बंगालका विभिन्न जिल्लाहरूबाट धेरैवटा क्लबहरूले भाग लिरहेका छन्। सुकान्तनगरस्थित कुण्डु पोखर मदानमा आयोजित यस प्रतियोगिताको आइतवार बिहान उद्घाटन गरियो।

उद्घाटन समारोहमा सिलगढ़ी नगरनिगमका डिप्टी मेयर रञ्जन सरकार, पार्षद दुलाल दत्त औ अन्य मानिसहरू उपस्थित थिए। यो टुर्नामेन्टले आफ्नो चौथो वर्षमा प्रवेश गरिसकेको छ। लेट अरुण मजुमदार मेमोरियल च्याम्पियन, लेट झरना मुखर्जी रनर्स-अप औ लेट गजेन्द्रनाथ साहा फेयर प्ले ट्रफीको नाममा आयोजित यो टुर्नामेन्ट दश दिनसम्म हुनेछ। टुर्नामेन्टका चेयरम्यान दुलाल दत्त, अध्यक्ष विनय कुमार चौधुरी औ सचिव अमित पोद्दार रहेका छन्।

आयोजकहरू अनुसार यस प्रतियोगिताको उद्देश्य कम उमेरमा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्नु अनि खेल प्रतिभाहरूलाई प्रोत्साहित गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande