एनएच 110 मजदुर तथा कामदार संघ गठन : मुख्य संयोजकमा सन्तकिशोर गुरुङ चयन
nh 10


खरसाङ, 21 दिसम्बर (हि.स.)। खरसाङको गिद्ध पहाड सामुदायिक भवनमा एनएचआईडीसीएल अन्तर्गत एनएच 110 मा भइरहेको तथा हुने निर्माण कार्यमा स्थानीय मजदुर, कामदार, चालक, सुपरभाइजर लगायत सबै श्रमिकहरूको अनिवार्य सहभागिताबारे विस्तृत छलफलसहित बैठक सम्पन्न भयो। बैठकमा एनएच 110 क्षेत्रका श्रमिक तथा कामदारहरूको रोजगारी र जीविकोपार्जनको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरियो र स्थानीय श्रमशक्तिलाई प्राथमिकता दिनु अत्यावश्यक रहेकोमा जोड दिइयो। ‎

यसअघि एनएचआईडीसीएलका कार्यकारी निर्देशकसँग भेटघाट गरी एनएच 110 मा निर्भर हजारौं कुशल तथा अकुशल श्रमिक, मालवाहक चालक आदिको अवस्थाबारे पुनः स्मरण गराइएको जानकारी पनि बैठकमा राखियो। ‎बैठकको क्रममा आजै “एनएच 110 मजदुर तथा कामदार संघ” गठन गरियो। उक्त संघको मुख्य संयोजक सन्तकिशोर गुरुङ चयन भएका छन् भने कानुनी सल्लाहकारका रूपमा अधिवक्ता बन्दना राई नियुक्त भएका छन्।‎

संघका मुख्य संयोजक शन्तकिशोर गुरुङले एनएच 110 मा निर्भर सम्पूर्ण मजदुर, कामदार, चालक तथा सम्बन्धित सबैलाई संघमा आबद्ध भई एकताबद्ध रूपमा आफ्ना हक–अधिकार र रोजगारीको सुरक्षाका लागि अघि बढ्न अपील गरेका छन्। ‎संघले आगामी दिनमा सम्बन्धित निकायसँग समन्वय गर्दै स्थानीय श्रमिकको सहभागिता सुनिश्चित गराउने दिशामा सशक्त पहल गर्ने निर्णयसमेत गरेको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande