
जलपाईगुड़ी, 21 दिसम्बर (हि. स.)। जलपाईगुड़ी–हल्दीबाड़ी राज्य सड़कको सरदारपाड़ा क्षेत्रमा गए शनिवार एक भयानक सड़क दुर्घटना भएको छ। एउटा दश चक्के ट्रकको ठक्करले एकजना महिला परीक्षार्थीको घटनास्थलमै मृत्यु भयो भने उनका पति तथा चार वर्षीय छोरा गम्भीर रूपमा घाइते भए। मृतकको पहिचान माधबी बर्मन सरकारको रूपमा भएको छ।
भनिन्छए माधबी आफ्नो पतिसित मोटरसाइकलमा सवार भएर कन्स्टेबल भर्ती परीक्षा दिन गइरहेकी थिइन्। उनीहरूसित उनीहरूको चार वर्षीय सन्तान पनि थियो।
यसै क्रममा सरदारपाड़ा क्षेत्रमा पुगेपछि अचानक पछाड़िबाट आएको एउटा द्रूत गतिको ट्रकले मोटरसाइकलाई भयंकर ठक्कर दियो। दुर्घटनामा माधबी ट्रकको चक्कामुनि परिन् जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो भने तिनका पति र छोरा गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले दुवैलाई तत्काल अस्पतालमा भर्ती गराए जहाँ उनीहरूको उपचार भइरहेको छ।
घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि ट्रकलाई जफत गरी जाँच शुरू गरेको छ। यस घटनापछि सम्पूर्ण क्षेत्रमा शोक छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा