
खरसाङ, 22दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित राइजिङ स्टार इङ्ग्लिस स्कूलले आफ्नो ११औं वार्षिक उत्सव एवं अभिभावक दिवस 2025 भव्यताको साथ सम्पन्न गरेको छ। स्कूलका प्रबन्धक अनुप रामुदामुको अध्यक्षता सम्पन्न यस कार्यक्रममा पंखाबारी उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापिका साथै जीटीएका कार्यकारी सभासद कल्पना प्रधान प्रमुख अतिथि र कार्यकारी सभासद अनोस थापा विशिष्ट अतिथि थिए।
युकेजी कक्षाका विद्यार्थीहरूद्वारा स्वागत नृत्यबाट सुरू भएको कार्यक्रममा कक्षा एलकेजीका नानीहरूले राइमस् प्रस्तुत गरियो भने शिक्षिका संगीता छेत्री, अनिता टोप्पो अनि सिया छेत्रीद्वारा निर्देशित सेभ ट्रि थिममि नृत्य प्रस्तुत गरियो। यसरी नै कक्षा तीन र चारका छात्रा नानीहरूले अवस्था थापाद्वारा निर्देशित मगर नृत्य प्रस्तुत गरे भने रेविना राईद्वारा निर्देशित लेस्ट् किड बि किड् थिम मा नृत्य प्रस्तुत गरियो। संगीला थापा राईद्वारा निर्देशित मशिना नानीहरूद्वारा हिन्दी क्लासिकल नृत्य प्रस्तुतिले उपस्थित सबैको मन जितेको थियो।
कार्यक्रमका मुख्य अतिथि कल्पना प्रधानले आफ्नो सम्बोधनमा स्कूलद्वारा आयोजित कार्यक्रमको प्रशंसा गरिन्। गाडीधुरा जस्तो सानो ठाँउ राइजिङ स्टार इङ्ग्लिस स्कूलले नानीहरूलाई असल शिक्षा साथै विभिन्न विधामा अब्बल बनाउन अहम् भूमिका निर्वाह गरिरहेको छ भन्दै स्कूलको सम्पूर्ण परिवारलाई बधाई दिइन्।
स्कूल पक्षबाट लौ मार्यो शृंखलाका टोलीलाई सम्बर्द्धना जनाइएको थियो भने अवस्था थापाद्वारा निर्देशित जय गोर्खा नृत्यले कार्यक्रम सबैको ध्यानाकर्षण गराएको थियो। कार्यक्रमको अन्त्यमा वार्षिक परीक्षाको फलाफलको घोषणा गरियो भने प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पारितोषित वितरण गरियो। साथै, स्कूलमा वर्षभरि भएका विभिन्न कार्यक्रमहरूमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पनि आकर्षक पारितोषित वितरण गरिएको थियो।
सिद्धार्थ फाउन्डेसन नामक संस्थाले प्रायोजित छात्रवृत्ति यसपाली कक्षा चारको रियाज अलि अन्सारीले प्राप्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक