
हावड़ा, 23 दिसम्बर (हि.स.)। हावड़ा जिल्लाको डोमजुड़ थानान्तर्गत राघवपुरमा गए सोमवार राती एकजना सात वर्षीय नाबालिकासित दुष्कर्म भएको आरोप प्रकाशमा आउनसाथ खैलाबैला मचियो। घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरूले सड़कमा उत्रिएर व्यापक विरोध प्रदर्शन गर्न थाले।
जानकारी अनुसार स्थानीय पञ्चायतको पक्षबाट सड़कको निर्माण कार्य गराइँदैथ्यो। स्थानीय मानिसहरूको आरोप छ, सड़क निर्माण कार्यमा सामेल एकजना श्रमिकले पहिला नाबालिकसित अश्लील व्यवहार गऱ्यो, त्यसपछि उसलाई एक निर्माणाधिन घरमा लगेर दुष्कर्म गऱ्यो।
बितेको सोमवार साँझ यस घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भयो। स्थानीय एकजना व्यक्तिले बताए, राती लगभग 8 बजे नाबालिकाको काकाले मलाई फोन गरेर घटनाबारे बताएका थिए। आरोपी श्रमिकविरूद्ध धेरैवटा सिकायतहरू छन्। यो घटनाअधि पनि उसले रक्सी खाएर वाहन पल्टाएको थियो।
स्थानीय मानिसहरूले पुलिसको सक्रियतामाथि पनि प्रश्न उठाएका छन्। उनीहरूको दाबी छ, परिवारका मानिसहरू थानामा फोन गर्न हिच्किचाइरहेका थिे। हामीले आएर फोन गरेका हौं। तथापि पुलिसले आउन धेरै ढिलो गऱ्यो।
पुलिस आउँदा-नआउँदासम्ममा स्थिति अनियन्त्रित भइसकेको थियो। आक्रोशित मानिसहरूले हिंसक प्रदर्शन गरे। चारवटा सानो म्याटाडोर भ्यान र एउटा बाइकमा तोड़फोड़ गरियो। एउटा सानो म्याटाडोरमा आगो पनि लगाइदियो। स्थितिलाई सम्हाल्नको लागि भारी पुलिस बल अनि ऱ्याफलाई उतारियो। पुलिस अनुसार अहिलेसम्म कुनै लिखित सिकायत दर्ता भएको छैन। तथापि स्थानीय मानिसहरूको मौखिक सिकायतको आधारमा आरोपीलाई खोजिँदैछ। मंगलवार बालिकाको मेडिकल जाँच गराउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा