पीड़ादायी दुर्घटनामा दुई जनाको मृत्यु, एक जना उपचाराधिन
पीड़ादायी दुर्घटनामा दुई जनाको मृत्यु, एक जना उपचाराधिन


जलपाईगुड़ी, 23 दिसम्बर (हि. स.)। एक सड़क दुर्घटनामा बाइक सवार तीनजना साथीहरूमध्ये दुई जनाको मृत्यु भयो भने एक जना गम्भीर अवस्थामा जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा उपाचारधिन छन्। घटना गए सोमवार अबेर राति हल्दीबाड़ी–जलपाईगुड़ी राज्य सड़कमा मध्य काशियाबाड़ीको चामड़ागदाम क्षेत्रमा भएको हो।

पुलिस सूत्र अनुसार मृतकहरूको नाम विकास राय (17) र तन्मय राय (21) रहेको छ जसमध्ये एक जनाको घर जलपाईगुड़ी सदर ब्लकको नगर बेरूबाड़ी ग्राम पञ्चायत क्षेत्रमा रहेको छ भने दोस्रो मृतकको घर गरालबाड़ी ग्राम पञ्चायतको बड़ुआपाड़ा क्षेत्रमा रहेको छ। दुर्घटनामा गम्भीर रूपमा घाइते युवक नगर बेरुबाड़ीको लाल बजारपाड़ा क्षेत्र निवासी रहेको छ।

प्रत्यक्षदर्शीहरू अनुसार राति अँध्यारोमा यी तीनै जना युवकहरूलाई गम्भीर अवस्थामा सड़कमा लड़िरहेको भेटियो। घटनाबारे पुलिसलाई सूचित गरियो। पुलिसले घटनास्थलमा पुगेर तीनै जनालाई हल्दीबाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँ डाक्टरहरूले दुई जनालाई मृत घोषित गरिदिए। एक जना युवकको अवस्था नाजुक रहेको कारण उसलाई जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। मंगलवार बिहान हल्दीबाड़ी अस्पतालमा आएका मृतकहरूका परिवारहरूको रोएर बेहाल भएको थियो। दुवै शवलाई पोस्टमर्टमको लागि माथाभांगा महकुमा अस्पतालमा पठाइएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande