
हावड़ा, 23 दिसम्बर (हि. स.)। जिल्लाको डोमजुर थाना अन्तर्गत एक क्षेत्रमा सात वर्षीया बालिकासित कथित रूपमा अपहरण गरी दुष्कर्म गरेको हृदयविदारक घटना सामु आएको छ। यस घटनापछि सम्पूर्ण क्षेत्रमा तनाउ व्याप्त भएको छ। आक्रोशित स्थाीय मानिसहरूले सड़कमा उत्रेर विरोध प्रदर्शन गरे साथै तोड़फोड़ पनि गरे।
पुलिस सूत्र अनुसार यो मामिला मंगलवार प्रकाशमा आएको छ। आरोप छ, बालिकालाई अपहरण गरी उसित कुकृत्य गरियो। घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भयो। प्रदर्शनकारीहरूले आरोपीलाई तत्काल पक्राउ गर्ने मागमा रड़ाँको मचाए। स्थिति यहाँसम्म पुग्यो कि भीड़ले क्षेत्रमा तोड़फोड़ गर्न शुरू गऱ्यो जसलाई नियन्त्रण गर्नको लागि भारी मात्रामा पुलिस बलसितै ऱ्यापिड एक्शन फोर्स (आरएएफ)-लाई तैनाथ गर्नुपऱ्यो।
पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, स्थिति हाल नियन्त्रणमा छ। तर तनाउलाई ध्यानमा राखेर गस्ती बढ़ाइएको छ। पुलिसको भनाइ छ, यस मामिलामा अहिलेसम्म कुनै लिखित सिकायत दर्ता गरिएको छैन। आरोपी हाल भागेको बताइँदैछ जसको खोजीमा पुलिसले सम्भावित ठेगानाहरूमा छापामारी गरिरहेको छ।
स्थानीय मानिसहरूको आरोप छ, क्षेत्रमा सुरक्षा व्यवस्था लाचार भएको कारणले यस किसिमका घटनाहरू घटिरहेका छन्। पुलिस प्रशासनले मानिसहरूलाई शान्ति बनाइराख्ने अपील गरेको छ साथै आश्वासन दिएको छ, दोषीलाई चाँड़ै जेलमा पठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा