जोरथाङका डा प्रसादले राज्यपाललाई पुस्तक भेट गरे
जोरथाङका डा प्रसादले राज्यपाललाई पुस्तक भेट गरे


गान्तोक, 23 दिसम्बर (हि.स.)। जोरथाङ निवासी डा. सुनील प्रसादले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग लोक भवनमा शिष्टाचार भेट गरे। यस क्रममा डा. सुनीलले राज्यपाललाई 'इंडियन मॉडल्स ऑफ कम्यूनिटी डेवलपमेंट' नामक पुस्तक भेट गरे।

लोक भवन अनुसार, यस पुस्तकको सम्पादन डा. सुनील प्रसाद र सह सम्पादन प्रो. विष्णु मोहन दाशले गरेका हुन्। यस पुस्तकले सामाजिक कार्यको क्षेत्रमा भारतको सामुदायिक विकासका विवि​ध पद्धतिहरूको विश्लेषण प्रस्तुत गर्दछ।

राज्यपालले डा. प्रसादका कार्यहरूको सराहना गर्दै उनको उज्जवल भविष्यको लागि शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande