
खरसाङ, 23 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 मा 'हाम्रो गाउँ हाम्रो समाधान' मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु भएको छ।
राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी हाम्रो गाउँ हाम्रो समाधानमार्फत् प्रत्येक बुथमा 10 लाख बराबरको विभिन्न विकासमूलक कार्यहरु भइरहेको छ। यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 को लोवर गैरी गाउँ र उदय संघ गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको छ। उक्त कार्य घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, 257 बुथका सभापति नरेन राई लगायत अन्यहरु उपस्थितिमा आज शुरू गरियो।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्म, 257 बुथका सभापति नरेन राई र घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाईबाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार प्रत्येक बुथमा हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत 10 लाख रुपियाँको विकासका कार्यहरू भइरहेको बताए। यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको लोवर गैरी गाउँ र उदय संघमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको उनीहरूले बताए।
उनीहरूले मुख्यमन्त्री ब्यानर्जी, जीटीए प्रमुख अनित थापा र घैयाबारी ग्राम पञ्चायत तीनप्रति गाउँलेहरुको पक्षबाट आभार प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक