
खरसाङ, 23 दिसम्बर (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत जंगपाना चियाबारीको तल्लो गाउँमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज एक सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा हेमकुमार देवानको अध्यक्षतामा सम्पन्न भएको थियो।
सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सह सचिव रुम्तम गुरुङ, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका उप सभापति सन्तोष गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले सम्बोधन गर्दै पार्टीको सांगठनिक गतिविधि र भावी योजनाहरु विषयमा जानकारी गराए। सभामा पार्टीलाई दह्रिलो बनाउनका लागि जंगपाना तल्लो गाउँको पुरानो कमिटी विघटन गरी नयाँ शाखा समिति गठन गरियो। नयाँ शाखा समितिमा सभापति पावन गुरुङ, उप सभापति दिनेश राई, अन्जिव राई, सचिव मन्दिप देवान, सह सचिव प्रेम गुरुङ र देवराज तामाङ, कोषाध्यक्ष सन्तोष गुरुङ, सह कोषाध्यक्ष जनम तामाङ, प्रचार प्रसार सचिव अविनाश गुरुङ लगायत सल्लाहकार र कार्यकारी सदस्यहरू चयन गरिएका छन्।
हिन्दुस्थान समाचार / हनोक