
गान्तोक, 23 दिसम्बर (हि.स.)। सिक्किम राज्यको वरिष्ठ टोली 87औं सिनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप 2025 मा भाग लिन प्रस्थान गरेको छ। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमले गत शुक्रवार एक समारोह आयोजन गरेर राज्य टोलीलाई शुभकामनासहित प्रस्थान गरायो।
87औं सिनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप आन्ध्र प्रदेशको विजयवाडामा 22 देखि 28 दिसम्बर, 2025 सम्म भइरहेको छ। उक्त प्रतिष्ठित प्रतियोगिताको आयोजन ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाले गरिरहेको छ। यस प्रतियोगितामा देशभरिबाट उत्कृष्ट ब्याडमिन्टन खेलाड़ीहरूले भाग लिनेछन्।
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमले राज्य टोलीको तयारी, अनुशासन र समर्पणप्रति विश्वास व्यक्त गर्दै खेलाड़ीहरू र अधिकारीहरूलाई शुभकामना दिएको छ। संघले यस्तो प्रमुख राष्ट्रिय कार्यक्रममा सहभागिताले सिक्किममा ब्याडमिन्टनको स्थिर वृद्धि र सुधारलाई प्रतिबिम्बित गर्दछ भनी बताएको छ। संघले राष्ट्रिय मञ्चहरूमा सिक्किमेली शटलरहरूलाई अवसर, एक्सपोजर र समर्थन प्रदान गर्न निरन्तर प्रयासहरू गरिरहने बताएको छ।
संघले सिक्किम सरकार, प्रशिक्षक र अभिभावकहरूलाई राज्यमा ब्याडमिन्टन खेलको विकासको लागि उनीहरूका निरन्तर प्रोत्साहन र समर्थनको लागि कृतज्ञता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल