मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट
मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट


गान्तोक, 23 दिसम्बर (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले आज राज्यपाल ओमप्रकाश माथुरसॅंग लोक भवनमा शिष्टाचार भेट गरे।

यस भेटको क्रममा राज्यपालले राज्यका विकासात्मक गतिविधिहरूको समीक्षा गरे र केन्द्र सरकारका योजनाहरूको समयबद्ध क्रियान्वयनमाथि जो​ड दिए। उनले विशेष रूपमा सड़क एवं डिजिटल सम्पर्कलाई राज्यको वृद्धिका लागि अत्यन्त आवश्यक बताए।

राज्यपालले सिक्किमका विभिन्न सकारात्मक पक्षहरू उल्लेख गर्दै भने, सिक्किम भारतको सबैभन्दा शान्तिपूर्ण र सामंजस्यपूर्ण राज्यहरू मध्ये एक हो। मुख्य सचिव तेलाङले राज्यपालको मार्गदर्शनमा सरकारका नीतिहरूको पूर्ण क्रियान्वयन सुनिश्चित गरिने आश्वासन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande