नयाँ माटोमा बस्ने सुक्ष्म कीट प्रजातिको खोज, जेडएसआई वैज्ञानिकहरूलाई ठूलो सफलता
नयाँ माटोमा बस्ने सुक्ष्म कीट प्रजातिको खोज, जेडएसआई वैज्ञानिकहरूलाई ठूलो सफलता


कोलकाता, 23 दिसम्बर (हि. स.)। भारतीय प्राणी सर्वेक्षण (जेडएसआई)- का वैज्ञानिकहरूले सिक्किमको उच्च पार्वतीय क्षेत्रहरूमा माटोमा बस्ने सुक्ष्म आर्थ्रोपोडको एउटा नयाँ प्रजातिको खोज गरेका छन्। यो खोजले पूर्वी हिमालयलाई जैव विविधताको एक अत्यन्तै महत्वपूर्ण क्षेत्र साबित गर्दछ अनि देशको कीट विज्ञानको क्षेत्रमा एउटा नयाँ उपलब्धिलाई जोड़्छ। यस शोधलाई 01 दिसम्बर, 2025-मा प्रकाशित गरिएको छ।

जेडएसआईद्वारा मंगलवार जारी बयानमा बताइएको छ, नयाँ प्रजातिको नाम नीलस सिक्किमेन्सिस राखिएको छ। यो भारतमा पहिलो पटक नीलस वंशको कुनै प्रजातिको रेकर्ड हो। यस खोज पश्चात विश्व स्तरमा यस वंशको कुल प्रजातिको संख्या बढ़ेर 8 पुगेको छ। वैैज्ञानिकहरू अनुसार यो खोज भारतीय जीव-जन्तुहरूको दस्तावेजीकरणको दिशामा एक महत्वपूर्ण कदम हो।

यो अध्ययन भारतीय प्राणी सर्वेक्षणको एप्टेरिगोटा अनुभागद्वारा गरिएको हो। शोधको नेतृत्व डा. गुरू पद मण्डलले गरे भने उनको टीममा कुसुमेन्द्र कुमार सामेल थिए। यस शोधलाई कीट विज्ञान अनुसन्धान सोसाइटीको शोध पत्रिकामा प्रकाशित गरिएको छ।

नीलस सिक्किमेन्सिसको शरीर अत्यन्त सुक्ष्म हुन्छ जसले यसलाई माटो तथा काईको गहिराईमा बस्नको लागि अनुकूल बनाउँछ। यस प्रजातिमा आँरा हुँदैन जसलाई अँध्यारो तथा भूमिगत वातावरणमा बस्ने जीवहरूको सामान्य विशेषता मानि्छ। यस अतिरिक्त यसको मुख भागमा अवस्थित रौंहरूको बनावटले यसलाई दुनियाँका अन्य सम्बन्धित प्रजातिहरूभन्दा भिन्नै पहिचान दिन्छ।

कोलेम्बोला जसलाई आम रूपमा स्प्रिंगटेल भनिन्छ,-लाई भूमि पारिस्थितिकी तन्त्रको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। भारतीय प्राणी सर्वेक्षणकी निदेशक डा धृति ब्यनर्जीले वैज्ञानिक दललाई बधाई दिँदै भनिन्, यो जीवले माटोको माथिल्लो परतमा जैविक पदार्थहरूको अपघटन तथा पोषक तत्वहरूको चक्रलाई कायम राख्नमा अहम भूमिका निभाउँछ। उनले भनिन्, नील सिक्किमेन्सिसको खोज बारतीय विज्ञानको लागि गर्वको विषय हो, किनभने यो वंशलाई पहिलो पटक देशमा दर्ता गरिएको छ।

मुख्य शोधकर्ता डा. गुरु पद मण्डलले भने, यो खोजले भारतमा कोलेम्बोलाको समृद्ध विविधतालाई बुझ्नमा सहयोग गर्नेछ। उनले भने, अलग-अलग जलवायु क्षेत्रमा निरन्तर वैज्ञानिक अध्ययन हुन आवश्यक छ ताकि प्रजातिहरूको सही पहिचान हुन सकोस् अनि उनीहरूको पारिस्थितिक योगदानलाई बुझ्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande