
फर्रूखाबाद, 23 दिसम्बर (हि.स.)। आठ दिनअघि कादरी गेट थाना क्षेत्रमा भएको नगद सङ्कलन कर्मचारीको लुटपाटमा संलग्न थप दुई लुटेरालाई पुलिसले पक्राउ गरेको छ। लुटिएको रकम सहित उनीहरूको कब्जाबाट दुई वटा पेस्तोल र ठूलो संख्यामा कारतूस जफत गरिएको छ।
15 दिसम्बरमा रेडियन्ट कम्पनीका नगद सङ्कलन कर्मचारी राजेशको खुट्टामा गोली हानी सातनपुर नजिकै 7 लाख रुपियाँ लुटिएको थियो। अपर पुलिस अधीक्षक अरुण कुमार सिंहले बताए, यस मामिलाको मुख्य योजनाकार अमितलाई दुई दिनअघि पक्राउ गरी जेल पठाइएको थियो। दुई लुटेरा मनिष र निखिल फरार थिए। पुलिस अधीक्षक आरती सिंहले दुई फरार अपराधीहरूका लागि 25-25 हजार रूपियाँ पुरस्कार घोषणा गरेकी थिइन्। पुलिसले मथुराको बासिन्दा मनिष र निखिललाई लुटिएको रकमको 5 लाख रुपियाँ सहित पक्राउ गरेको छ।
अपर पुलिस अधीक्षक अरुण कुमार सिंहले भने, पुलिसले लुटिएको रकमको सय प्रतिशत जफत गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी